मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

बारबर्दियाका महिलाहरुलाई स्वरोजगार बनाउन दुनाटपरी तालिम
बारबर्दियाका महिलाहरुलाई स्वरोजगार बनाउन दुनाटपरी तालिम

Rato Pen 344+ समाचार ( )
१७ मंगशिर २०८१, सोमबार

बारबर्दिया, 

स्थानीय श्रोत साधन प्रयोग गरेर स्थानीयहरुलाई स्वरोजगार बनाउने उदेश्यले बारबर्दियामा सालको पात दुनाटपरी बनाउने तालिम संचालन गरिएको छ । बारबर्दिया नगरपालिका वडा नम्बर २ र ७ का महिलाहरुलाई रम्मापुरमा ५ दिने दुनाटपरी बनाउने तालिम प्रदान गरिएको हो । 

बारबर्दिया नगरपालिका अन्तरगत उद्यम विकास शाखको आयोजना तथा सामुदायिक बन महासंघको समन्वयमा २५ जना महिला र १ जना पुरुषलाई तालिम प्रदान गरिएको छ । दुनाटपरीको बजार प्रशस्त रहेको र उत्पादन बढाउन आवश्यक रहेको बताउनु भएको छ । बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेले दुनाटपरीको बजार खोज्ने जिम्मा पालिकाको रहेको बताउनु भएको छ । सकेजति धेरै उत्पदान गर्न आग्रह गर्नु भएको छ । बजारलाई पुग्ने खालको उत्पादन भए बजारमा पाईने पाईबर तथा प्लाष्टिकका दुनाटपरीहरु पालिकामा प्रतिबन्ध गराउने र पालिका तथा संघसंस्थाले स.चालन गर्ने कार्यक्रममा दुनाटपरीको प्रयोग बढाउने बताउनु भएको छ । यस भन्दा अगाडी बिभिन्न ठाँउमा दुनाटपरी बनाउने मेसिनहरु उपलब्ध गराएको तर प्रयोग बिहिन रहेकोले यो समुहले निरन्तरता दिने अपेक्षा दिलानु भएको छ । 

कार्यक्रममा सामुदायक बन महाँसंघका केन्द्रिय उपाध्यक्ष मोहमदकर खाँले सामुदायिक बनबाट आत्मनिर्भर तथा ब्यबसायिक, आयआर्जन हुने कार्यक्रम संचालन गर्नमा प्रोत्साहन गरिरहेको बताउनु भएको छ । बिपन्न बर्गका समुदायका लागि सामुदायिक बन आयआर्जनको महत्वपुर्ण श्रोतको रुपमा विकास गर्दै जाने रणनीतिका साथ अगाडी बढिरहेको बताउनु भएको छ । सामुदायिक बनमा खेर गईरहेको कच्चा पदार्थलाई बिभिन्न माध्यमबाट आयआर्जन गर्न चाहनेहरुको लागि महासंघले सहजवातावरण बनाईदिने काम गरिरहेको बताउनु भएको छ । 

कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष इन्द्रप्रसाद चौधरीले कुनै पनि संकोच नमानी दुनाटपरी बनाउन आग्रह गर्नु भएको छ । प्राविधि तथा ब्यबसायिक समास्या समाधानका लागि वडा कार्यालय तथा नगरपालिका सदैब तयार रहेको बताउनु भएको छ । शुरुमा केही समस्या देखिए जस्तो भएपनि प्रयोग र अनुभब गर्दै जाँदा सहज हुदै नजाने बताउनु भएको छ । बजारको विस्तार हुदै गएपछि सामुदायिक बन, तथा निुकञ्जले पनि सालको पात सहज तथा निशुल्क उपलब्ध गराउनु बताउनु भएको छ । 

कार्यक्रममा लघु उद्यम विकास शाखाकी प्रमुख पार्वती गौडेलले तालिमको समापन भएपनि कामको शुरुवात भएको बताउनु भएको छ । दुनाटपरीको बजार राम्रो भएकोले मेहनतका साथ उत्पादन गर्न सुझाब दिनु भएको छ । अहिले नै धेरै माग भईसकेकोले चाडो भन्दा चाडो उत्पादनमा लाग्न आग्रह गर्नु भएको छ । यसको निरन्तरतामा उद्यम शाखा निरन्तर साथमा रहेको बताउनु भएको छ । 

बारबर्दिया ७ मा रहेको करेलीया उपभोक्ता समितिको सभाहलमा भएको तालिम तथा तालिम समापनामा बारबर्दियाका जनप्रनिधि, कर्मचारी, सामुदायिक बनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार