मुख्य समाचार
किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति |

पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा
पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा

Rato Pen 367+ समाचार ( )
१५ असार २०८३, सोमबार

बारबर्दिया — बारबर्दिया नगरपालिका–३ स्थित बानियाभार स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित स्वास्थ्य वडा स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले बानियाभार स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गर्ने तयारी भइरहेको जानकारी दिँदै यसका लागि आवश्यक सबै सूचकहरू पूरा गर्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सरोकारवालाबीच समन्वय र सक्रियता आवश्यक रहेको बताउनुभयो।

सामाजिक विकास समितिकी संयोजक श्यामकुमारी चौधरीले सबै स्वास्थ्यकर्मीले जिम्मेवारीका साथ सक्रिय रूपमा काम गरे पोषण मैत्री स्वास्थ्य संस्था निर्माणको लक्ष्य सहजै हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

वडा नं. ३ का वडाध्यक्ष नन्दलाल थारुले वडा कार्यालय र स्वास्थ्य संस्था एकअर्काको नजिक रहेकाले कुनै समस्या वा आवश्यकताबारे तत्काल जानकारी आदानप्रदान गर्न सहज रहेको उल्लेख गर्नुभयो। उहाँले व्यवस्थापन समितिसँग नियमित समन्वय गरी आवश्यक निर्णय तथा सुधारका काम अघि बढाउन आग्रह गर्नुभयो।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका पोषण सम्पर्क व्यक्ति हरिश डीसीले पोषण मैत्री स्वास्थ्य संस्था बन्नका लागि पूरा गर्नुपर्ने १६ वटा सूचकका विषयमा विस्तृत जानकारी गराउँदै सहभागीहरूसँग छलफल सञ्चालन गर्नुभएको थियो। ती सूचकहरू कार्यान्वयनका लागि वडा तथा स्वास्थ्य संस्थाले अपनाउनुपर्ने रणनीतिबारे पनि योजना तर्जुमा गरिएको थियो।

पोषण सहजकर्ता सिर्जना घिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम बारबर्दिया नगरपालिकाको आयोजनामा बानियाभारमा सम्पन्न भएको हो। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रमले बानियाभार स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्थाका रूपमा विकास गर्न आवश्यक कार्ययोजना तयार गर्दै पोषण सेवाको गुणस्तर सुधार र समुदायमा पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण आधार तयार गरेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार