मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

क्यान्सर पीडित गिता खड्कालाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माबाट आर्थिक सहयोग
क्यान्सर पीडित गिता खड्कालाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माबाट आर्थिक सहयोग

Rato Pen 368+ समाचार ( )
१९ जेठ २०८२, सोमबार

होमेन्द्र थापा, गुलरिया 

जेठ १९ गते

बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कर्मचारी मिलन केन्द्रकी संरक्षक रुद्रादेवी शर्माले क्यान्सर पीडित गिता खड्कालाई नगद २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ। गुलरिया नगरपालिका–१, शान्तिटोल निवासी रत्नबहादुर खड्का र देवी खड्काकी २२ वर्षीया छोरी गिता खड्का स्तन क्यान्सरबाट पीडित हुनुहुन्छ।

सहयोग हस्तान्तरणका क्रममा प्रमुख जिल्ला अधिकारी शर्माले गिताको उपचारका लागि संघ, प्रदेश, स्थानीय तह र समुदायबीच सहकार्य र सहयोग आवश्यक रहेको बताउँदै सबै पक्षलाई सक्दो साथ दिन आग्रह गर्नुभएको थियो।

गिताका अनुसार, प्रारम्भमा स्तनमा मासुको डल्लो देखिएपछि भारतको मुम्बईस्थित टाटा मेमोरियल अस्पतालमा पहिलोपटक शल्यक्रिया गरिएको थियो। तर केही समयपछि पुनः डल्लो पलाएर दुखाइ बढेपछि दोस्रोपटक पनि शल्यक्रिया गरिनु परेको हो।

१५ वर्षको उमेरमा नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत थपुवा गाउँका रामु सुनारसँग विवाह गरेकी गिताका पाँच वर्ष र डेढ वर्ष उमेरका दुई छोरा छन्। कान्छो छोरा आमाको दूध चुस्न नसक्ने भएकाले निप्पलमार्फत खुवाइँदै आएको परिवारको भनाइ छ।

गिताका श्रीमान् रामु सुनार मुम्बईमा मजदुरी पेशामा संलग्न छन्। गिताको उपचारका लागि परिवारले आफ्नै दुई कट्ठा जमिनसमेत बिक्री गरिसकेको छ। हाल गिता माइती गाउँ नजिकै आफन्तको घरमा बस्दै आउनुभएको छ।

पीडित गिताले आफूलाई अत्यधिक थकान, स्तन दुख्ने, र भोजनमा अरुचिजस्ता समस्या भैरहेको बताउनुभएको छ। हाल उहाँकी आमा देवी खड्काले गिता र नातिहरूको हेरचाह गर्दै आउनुभएको छ।

नेपालगञ्जस्थित क्यान्सर अस्पतालमा प्रारम्भिक उपचार गरिएको भए पनि थप उपचार खर्चको अभावमा अन्यत्र जान नसकिएको गिताको भनाइ छ।

विदेशमा रहेका शुभेच्छुकहरूबाट संकलित केही सहयोग रकममध्ये बाबुराम परियारले १८ हजार २ सय रुपैयाँ र अन्य सहयोगीहरूबाट ६ हजार रुपैयाँ गिताको खातामा जम्मा भएको थियो। तर सो रकम हालसम्मको उपचारमै खर्च भइसकेको छ।

स्थानीयस्तरबाट सहयोग अभियान सञ्चालन भए पनि गिताको दीर्घकालीन उपचारका लागि थप आर्थिक सहयोग आवश्यक रहेको छिमेकीहरूले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार