मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

कर्णालीको कटान रोक्न राजापुरमा सामूहिक जनश्रमदान
कर्णालीको कटान रोक्न राजापुरमा सामूहिक जनश्रमदान

Rato Pen 366+ समाचार ( )
१ भाद्र २०८२, सोमबार

होमेन्द्र थापा, राजापुर 

बर्दिया राजापुर नगरपालिका–४ का स्थानीय बासिन्दा कर्णाली नदीको कटान रोक्न सामूहिक जनश्रमदानमा जुटेका छन् । कर्णाली नदीले आनन्तपुर घाट क्षेत्रमा तटबन्ध कटान गरिरहेका कारण गाउँ डुबानको उच्च जोखिममा परेपछि स्थानीयले दैनिक श्रमदानमार्फत अस्थायी बाँध निर्माण थालेका हुन् ।

संघर्षनगरका निर प्रसाद थारुका अनुसार प्रत्येक दिन २ सयभन्दा बढी स्थानीय श्रमदानमा सहभागी हुन्छन् । “नदीले निरन्तर कटान बढाएपछि गाउँ जोगाउन हामी बाध्य भएर अस्थायी तटबन्ध बनाउन जुटेका हौँ,” उहाँले बताउनु भयो ।

स्थानीयले रुख, झाला–पाता र बालुवाले भरिएका बोरा प्रयोग गरेर अस्थायी तटबन्ध निर्माण कार्य अघि बढाइरहेका छन् । दलैघाटतर्फबाट नदी पस्ने हो भने सङ्घर्षनगर, घुम्ना, दलैगाउँ, शिवपुर, अनन्तपुरलगायत एक दर्जन गाउँ डुबानमा पर्ने खतरा रहेको छ । राजापुर बजार क्षेत्रसमेत जोखिममा परेको स्थानीयले बताएका छन् ।

राजापुरबासीलाई प्रत्येक वर्ष मनसुनका बेला डुबानको समस्या भोग्नुपरेको छ । वर्षा नजिकिँदै गर्दा स्थानीय झनै चिन्तित बनेका छन् । आर्थिक वर्ष २०७१÷७२ मा ‘कर्णाली नदी व्यवस्थापन आयोजना’ स्थापना भए पनि बजेट अभावले दिगो संरचना निर्माणमा ढिलाइ भइरहेको छ । यसका कारण राजापुर बजार, हुलाकी राजमार्ग, सतीघाट पुल र श्रीलंका टापु उच्च जोखिममा रहेका छन् ।

यस वर्ष अघिल्ला वर्षभन्दा मनसुन बढी सक्रिय हुने मौसमी पूर्वानुमान महाशाखाले जनाएको छ । नदी कटान रोक्न आनन्तपुर घाट क्षेत्रमा ठूलो परिमाणमा ढुंगा हालिएको छ, तर विशेषज्ञका अनुसार यो दीर्घकालीन समाधान होइन । 
यस बर्ष कर्णाली नदी व्यवस्थापन आयोजनाको नाम परिवर्तन भई सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भएको छ । आयोजनाले पनि स्थानीयसँग मिलेर बोल्डर ढुंगा, बालुवाभरेका बोरा र रुखका हाँगाविँगा प्रयोग गरेर रोकथाम गर्ने प्रयास गरिरहेको छ । आयोजनाका प्रमुख सुदिन मोक्तानका अनुसार यस क्षेत्रमा करिब डेढ किलोमिटर तटबन्धन आवश्यक छ, जसका लागि १५ देखि २० करोड रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार