मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

दाङपुर मध्यवर्ती वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन
दाङपुर मध्यवर्ती वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन

Rato Pen 368+ समाचार ( )
१२ भाद्र २०८२, शुक्रबार

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गत करेलीया उपभोक्ता समिति र दाङपुर मध्यवर्ती वन उपभोक्ता समूहले २२औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ।

वन समूहको अध्यक्षमा पुनः टोपलाल पाण्डेको नेतृत्वमा ९ सदस्यीय नयाँ समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा मिना बिष्ट, सचिवमा कल्लुराम थारु, कोषाध्यक्षमा सरिता थारु, सहसचिवमा अमरबहादुर थारु र सदस्यमा डम्मर थारु, चित्रबहादुर थारु, भागीराम थारु तथा निता थारु चयन भएका छन्।

साधारण सभामा बारबर्दिया नगरपालिका–१ का वडाअध्यक्ष कैलाशपति थारुले सामुदायिक वन स्थानीय आयआर्जनको प्रमुख स्रोत रहेको बताउँदै यसले प्राकृतिक स्रोतसाधन संरक्षण र सामुदायिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको धारणा राख्नु भयाे । उहाँले छाडा गाई व्यवस्थापनदेखि पालिकास्तरीय संरक्षण कार्यक्रमलाई वन समूहले ठुलो सहयोग पुर्‍याइरहेको र यसको निरन्तरता आवश्यक रहेको उल्लेख गर्नुभयो।

विशिष्ट अतिथि बर्दिया राष्ट्रिय निकुञ्ज रम्मापुर सेक्टरका प्रमुख विश्वबाबु श्रेष्ठले वन तथा वन्यजन्तु संरक्षणमा स्थानीय उपभोक्ताको भूमिका महत्वपूर्ण हुने बताउनु भयाे । मध्यवर्ती क्षेत्र, उपभोक्ता समिति र युवा परिचालनमार्फत चोरी–सिकारी नियन्त्रण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै उहाँले संरक्षणसँगै स्थानीयले लाभ लिन सक्ने अवसर बढाउनुपर्ने बताउनु भयाे।

करेलीया उपभोक्ता समिति रम्मापुरका अध्यक्ष राजकुमार अधिकारीले उपभोक्ताको हित र सहज सेवाका लागि समिति सक्रिय रहेको बताउनु भयाे। संरक्षणलाई प्रभावकारी बनाउन समुदायस्तरमै पहल भइरहेको उहाँको भनाइ थियो।

कार्यक्रमका अन्य वक्ताले राष्ट्रिय निकुञ्ज र वन कार्यालयले उपभोक्ताको हितमा अनुकूल नीति तथा नियम बनाउनुपर्ने, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रम समुदायस्तरमा ल्याउनुपर्ने, राहत प्रक्रिया छिटो र सहज बनाउनुपर्ने तथा आयआर्जन र जीविकोपार्जन तथा पर्यटनसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनु भएकाे छ ।

कार्यक्रम दाङपुर मध्यवर्ती वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको हो। उक्त समुहमा ६सय २७ जना उपभाेक्ताहरु रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार