मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

झोलुङ्गे पुल बगाएको आठ वर्ष बित्दा पनि पक्की पुलको टुंगो छैन
झोलुङ्गे पुल बगाएको आठ वर्ष बित्दा पनि पक्की पुलको टुंगो छैन

Rato Pen 366+ समाचार ( )
१६ माघ २०८२, शुक्रबार

माघ १६ गते

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर १ र ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ लाई जोड्ने बबई नदीको चन्दनपुरघाटमा पक्की पुल नबन्दा स्थानीयवासीहरू वर्षौंदेखि कष्टकर यात्रा गर्न बाध्य भएका छन्।

उक्त स्थानमा रहेको झोलुङ्गे पुल २०७४ सालको विनाशकारी बाढीले बगाएर लगेपछि हालसम्म पुनः पुल निर्माण हुन सकेको छैन। पक्की पुल निर्माणका लागि करिब पाँच वर्षअघि रातो किताबमा योजना समावेश भई डिपिआरका लागि बजेट समेत विनियोजन भए पनि हालसम्म निर्माणको सुनिश्चितता हुन सकेको छैन।

पछिल्लो समय पुल निर्माणलाई उत्तरतर्फको खैलारघाटतर्फ सार्ने प्रयास समेत गरियो, तर चन्दनपुरघाट र खैलारघाट दुबै स्थानमा पुल निर्माणको टुंगो लाग्न सकेको छैन। स्थानीयका अनुसार हरेक निर्वाचनको समयमा उम्मेदवार र नेताहरूले पुल निर्माणको आश्वासन दिने गरे पनि निर्वाचनपछि ती प्रतिबद्धता कार्यान्वयन नहुने प्रवृत्तिका कारण समस्या ज्यूँका त्यूँ रहेको हो।

अहिले २०८२ सालको निर्वाचन नजिकिँदै जाँदा पुनः उम्मेदवार र नेताहरूले आश्वासन दिन थालेका छन्। तर स्थानीयवासीहरू भने यसपटक केवल आश्वासनमा सीमित नहुने, पुल निर्माणको स्पष्ट र सुनिश्चित प्रतिबद्धता जनाउनेलाई मात्र मत दिने अडानमा रहेका छन्।

चन्दनपुरघाट क्षेत्रका बासिन्दाहरूलाई एक किलोमिटरको दूरी पार गर्न करिब २० किलोमिटरभन्दा बढी घुम्नुपर्ने बाध्यता छ। चन्दनपुरघाटबाट उत्तरतर्फ पर्ने परेवाओडारस्थित बबई पुल र दक्षिणतर्फको लठुहवाघाट पुल दुबै करिब १०–१० किलोमिटर टाढा रहेका छन्।

सुक्खा याममा मात्रै झारो तर्न सहज होस् भन्ने उद्देश्यले पालिकाले हेमपाइप राखी अस्थायी गोरेटो बाटो बनाएको भए पनि वर्षायाम तथा अन्य समयमा कुनै पनि सुरक्षित विकल्प नहुँदा स्थानीयहरू अत्यन्तै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। स्थायी पक्की पुल निर्माण नहुँदा जनजीवन, शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिमा गम्भीर असर परेको स्थानीयहरूको गुनासो रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार