मुख्य समाचार
स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता |
मुख्य समाचार
स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता |


सुन्दरहरैंचा ७ मा सार्वजनिक सुनुवाई सम्पन्न, एकवर्षमा ७ करोड बढी बजेट परिचालन

Rato Pen 1+ समाचार ( )
२० असार २०८०, बुधवार

मोरङ । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ ले वडा कार्यालयले एकवर्ष भरि गरेका विकासका काम तथा सेवा प्रवाह बारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ को आयोजना तथा मोरङ मिडिया एण्ड सर्भिस प्रा. लि. सुन्दरहरैंचाको सहजीकरणमा स्थानीय गोठगाउँ चौकस्थित शिव पञ्चायन मन्दिरको हलमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजीकरण गरेको सँस्था मोरङ मिडिया एण्ड सर्भिस प्रा. लि.का सञ्चालक रेवती रमण निरौलाले सञ्चालन गरेको कार्यक्रममा सुरुमा नागरिक अभिमतबाट प्राप्त नजिता बारे जानकारी गराइयो । कार्यक्रममा नागरिक प्रतिवेदन भाग १, नागरिक प्रतिवेदन भाग २ र वहिर्गमन अभिमतमा वडावासीले जाहेर गरेका मतको आधारमा तयार पारिएको रिपोर्ट सार्वजनिक गरिएको हो । वडाका विभन्न टोलमा पुगेर जनताको अभिमत लिएर त्यसको आधारमा रिपोर्ट तयार पारिएको मोरङ मिडियाका सञ्चालक निरौलाले जानकारी दिनुभयो । 


 वहिर्गमन अभिमत लिने क्रममा वडावासीले वडा कार्यालयको राम्रो पक्ष र सुधार गर्नुपर्ने पक्ष भनि दिएको अभिमत बारे पनि कार्यक्रममा जानकारी गराइयो । जसमा वडामा छिटो छरितो सेवा पाउन थालिएको, बाटो ग्रावेल र कालोपत्रे हुन थालेको, वडामा जाँदा जनप्रतिनिधिसँग भेट हुने गरेको, वडावासीप्रतिको व्यवहार राम्रो भएको, विकास योजनाको काम समयमै गर्ने गरेको, वडाका योजनामा वडावासीलाई जानकारी तथा सहभागीता गराउने गरिएको जस्ता विषयलाई राम्रा पक्षको रुपमा उल्लेख गरिएको थियो । 

 यसैगरि केही सुधार गर्नुपर्ने पक्ष भनि आएका विषय बारे  जानकारी गराउँदै वडाध्यक्षबाट त्यसको जवाफ लिइएको थियो । सुधार गर्नुपर्ने पक्षमा अशक्त, अपांग र जेष्ठ नागरिकको निःशुल्क औषधि घरमा लगि दिनुपर्ने, सामाजिक सुरक्षा भत्ता घरमै लगि दिनुपर्ने, पशुपालन किसानका लागि पशुगर्भाधान कार्यक्रम निःशुल्क गर्नुपर्ने, दीर्घकालिन योजनालाई प्राथमिकता दिनुपर्ने, योजनाको भुक्तानीका लागि समस्या हुने गरेको, राजमार्गमा प्रत्येक चौकमा सिसि क्यामेरा राख्नुपर्ने, खोला पैनी र ऐलेनी जग्गामा बनेको संरचना हटाउनुपर्ने, घरबाहल करलाई करको दायरामा ल्याइ व्यवस्थित गर्नुपर्ने,  शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयमा ध्यान दिनुपर्ने जस्ता विषय उठान गरिएकोमा वडाध्यक्षले प्रत्येक विषयको जवाफ दिनु भएको थियो । 

 यता सार्वजनिक सुनुवाईका क्रममा समेत वडावासीले विभिन्न विषयमा प्रश्न सोधेका छन् । उनीहरुले सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ मा विकासका हरेक काममा चित्त नबुझ्ना साथ मुद्दा लगाउने प्रवृत्ति देखिएका कारण विकासमा अवरोध हुने गरेको भन्दै जस्तो सुकै विषयमा मुद्दा मामिला गर्न नहुनेमा जोड दिएका छन् । चित्त नबुझेमा जनप्रतिनिधिसँगै बसेर कुरा गर्ने तथा छलफल गर्नुको सट्टा मुद्दातर्फ लाग्दा विकासका काम नै रोकिएर समस्या भएकोतर्फ कार्यक्रममा सहभागीले ध्यानाकर्षण गराएका थिए । जवाफमा वडाध्यक्ष भूवनसिंह आलेमगरले आफुले वडाको विकास र जनताको भलो चिताउँदै काम गरिरहँदा समेत मुद्दा झेल्नु परेको भन्दै जस्तो सुकै अवस्थाको सामना गरेर भएपनि वडाको विकासमा लागि पर्ने बताउनुभयो । 

यसैगरि कार्यक्रममा सहभागीले वडामा चोरिका घटना र दुर्घटना बढेको भन्दै सिसी क्यामेराको भरपर्दो व्यवस्थापन हुनुपर्ने माग गरेका छन् । यसैगरि टोल विकासले पठाएका योजना बजेटमा समावेश नभएको, वडाले योजनाको प्राथमिकीकरण नगरेको तथा शैक्षिक गुणस्तर वृद्धिका लागि के काम भइरहेको छ भन्दै प्रश्न गरेका थिए । 

कार्यक्रममा वडाध्यक्ष भूवनसिंह आले मगरले वडाले एकवर्ष भरि गरेका विकासका काम बारे जानकारी गराउँदै विभिन्न निकायबाट गरेर वडामा एक वर्षमा ७ करोड २४ लाख १० हजार बजेटको विकास निर्माणको काम गरिएको बताउनुभयो । यस्तै १६ लाख ४० हजार बजेट भने नगरमै फिर्ता गएको उहाँले जानकारी दिनुभयो । 

 कार्यक्रममा सुन्दरहरैंचा ७ की वडासदस्य तथा नगर कार्यापालिका सदस्य सीतादेवी अधिकारी, वडासदस्य सारदा विक, खुशीलाल चौधरी, मान बहादुर गुरुङ, वडासचिव इन्द्रकुमार राई, पञ्चायत मावि व्यवस्थापन समिति अध्यक्ष पोष्टकुमार श्रेष्ठ लगायत, विभिन्न टोलका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया

bishnu p. Dahal २१ असार २०८०, बिहीबार

यो पाली को अध्यक्ष को पनि देखियो सबै ले आफ्नु आफ्नु हेर्छ्न हुन त लागेको थियो भुबन सिग् मगर बाट धेरै बिकास को काम हुन्छ भनेर सोचेको ७ नम्बर का जन्ता ले बुजिसके अब किन कि काहा के कुरा को कमि कम्जोरी छ भनेर आज भन्दा अगाडि सदस्य हुँदै थाहा भको कुरा हरु को राम्रो खियाल गर्नु भहेन अध्यक्ष ज्यु एउटा मात्रै माघ ले जाडो सकिदैन हरेक बर्ष माघ आहुछ ।बिजुली बति र बाटोघाटो तिर पनि नजर लगाहुने हो कि ,,,,,,?

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार