मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बर्दियाका ३५१ घरधुरी न्याय माग्दै पुगे प्रशासन
बर्दियाका ३५१ घरधुरी न्याय माग्दै पुगे प्रशासन

Rato Pen 366+ समाचार ( )
२२ वैशाख २०८३, मङ्गलबार

होमेन्द्र थापा, बर्दिया

बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ६, लठुवा मोतिपुरका ३५१ घरधुरी परिवार न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियामा पुगेका छन् ।

लामो समयदेखि लालपुर्जा प्राप्त गरी भोगचलन गर्दै आएको जग्गामा विपक्षीद्वारा गरिएको रोक्का फुकुवा गर्न माग गर्दै पीडितहरूले प्रशासनमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

सोमबार ब्यानर, प्लेकार्ड र नाराजुलुससहित प्रशासन कार्यालय पुगेका स्थानीयले आफूहरू अन्यायमा परेको बताएका छन् । साविक शिवपुर गाविस वडा नम्बर १ र २, हाल ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ का बासिन्दाले विक्रम सम्बत २०३८ सालदेखि भोगचलन गर्दै आएको तथा नियमित मालपोत कर तिर्दै आएको जग्गामा रोक्का लगाइएको गुनासो गरेका छन् ।

पीडित जनता लठुवा मोतिपुर संघर्ष समिति बर्दियाका संयोजक हेमनाथ योगीले गेरुवा गाउँपालिका वडा नम्बर ३ का अरुण प्रकाश सिंह राठौरले अंश दाबी गर्दै उक्त जग्गामा रोक्का लगाएको बताउनु भयो । रोक्काका कारण बैंकमा धितो राखेर कारोबार गर्न नपाएको, ऋण तिर्दा पनि फुकुवा नभएको तथा किनबेच र नामसारी समेत अवरुद्ध भएको उहाँको भनाइ छ ।

पीडितहरूले तत्काल रोक्का फुकुवा गर्न, संविधानको धारा २५ अनुसार सम्पत्तिको हक सुनिश्चित गर्न, निष्पक्ष छानबिनका लागि स्थानीय तह, प्रशासन र सरोकारवाला निकायको सहभागितामा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

त्यस्तै, राज्य शक्तिको दुरुपयोग गरी अन्याय गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न, सर्वोच्च अदालतको २०७६ जेठ १५ गतेको फैसलाको पुनरविचार गर्न तथा संविधानको धारा १८ र २० अनुसार समानता र निष्पक्ष सुनुवाइको अधिकार सुनिश्चित गर्न पनि पिडितहरूले माग गरेका छन् ।

प्रतिक्रिया

Amar Bahadur Budha २२ वैशाख २०८३, मङ्गलबार

अरु राठौर लाई कारबाही हुनैपर्छ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार