मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

लुम्बिनीका प्रदेश सरकार मातहतका सबै अस्पतालमा मुल्य सहितको नागरिक वडा पत्र
लुम्बिनीका प्रदेश सरकार मातहतका सबै अस्पतालमा मुल्य सहितको नागरिक वडा पत्र

SizTex 42+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

दाङ

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु प्रदेशको समग्र स्वास्थ्य सेवालाई सुधार गर्न योजनाबद्ध रुपमा अघि बढ्नु भएको छ । उहाँले स्वास्थ्य सेवालाई नागरिक माझ सहज रुपमा पुर्याउन, अस्पतलात तथा स्वास्थ्य संस्थाको सेवालाई नागरिक मैत्री बनाउने गरी नीतिगत तथा प्रत्यक्ष अनुभव हुनेगरी सुधारका काम गरेको पाइएको हो । प्रदेश भित्रका सरकारी, नीजि तथा सामुदायिक अस्पतालहरुको सेवा र लाग्ने शुल्क सबैले थाहा पाउने गरी सार्वजनिक गर्न लगाउनु भएको छ । मन्त्रालयबाट पठाएको निर्देशनको पालना अस्पताल तथा स्वास्थ्य संस्थाले गर्न थालेको पाइएको हो । 

प्रदेश मतहतका सबै सरकारी अस्पतालहरुमा मुल्य सहितको नागरिक वडा पत्र राखिएको र नीजि अस्पतलहरुले पनि मन्त्रालयको निर्देशन अनुसार मुल्य सहितको नागरिक वडा पत्र राख्न थालेका छन् ।  अस्पताल तथा स्वास्थ्य संस्थाहरुले सेवाग्राहीले सहज रुपमा देख्न, पढ्न सक्नेगरी नागरिक वडापत्र टाँस गर्न थालेका छन् । ‘स्वास्थ्य संस्थाको टिकट काउन्टर देखि ल्याव, एक्सरे लगायतका सेवा लिदा शुल्क बुझाउनु पर्ने हुन्छ । तर, त्यो सेवा लिदा कति रुपैयाँ तिर्नुपर्छ भनेर थाहा नपाएको अवस्थामा, अस्पतालमा यसरी टाँस गरिएको सूचनाबाट प्रष्ट थाहा हुने भयो, सेवाग्राही अनिता रेग्मीले भन्नु हुन्छ । ‘सेवा शुल्क पारदर्शी हुदा सहज पनि हुने रहेछ ।’ प्रदेश स्वास्थ्य संस्था स्थापना, संचालन, नविकरण तथा स्तरोन्नती ऐन, २०७६ को दफा २४ मा स्वास्थ्य संस्थाले सेवा शुल्क सहितका नागरिक बडापत्र अनिवार्य रूपमा सार्वजानिक गर्नु पर्ने उल्लेख छ । अहिले त्यही व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले निर्देशन जारी गरेपछी कार्यान्वयन हुन थालेको हो । 

तहगत स्वास्थ्य संस्थामा उपलब्ध सेवा–सुविधाहरू तथा सेवा शुल्क अनिवार्य रूपमा आम जनताले देख्न सक्ने गरी सार्वजनिक स्थानमा राख्न तथा वेबसाईटमा प्रकाशित गर्नुपर्ने र उक्त कार्य सम्पन्न गरी मन्त्रालयमा स–प्रमाण पठाउन निर्देशन जारी गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार