मुख्य समाचार
स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता |

यौन उत्पीडन तथा दुर्व्यवहार रोकथामबारे बारबर्दियामा अभिमुखिकरण कार्यक्रम सम्पन्न
यौन उत्पीडन तथा दुर्व्यवहार रोकथामबारे बारबर्दियामा अभिमुखिकरण कार्यक्रम सम्पन्न

Rato Pen 345+ समाचार ( )
२४ वैशाख २०८३, बिहीबार

बर्दिया — बारबर्दिया नगरपालिकामा स्थानीय सरकारका प्रतिनिधि, सामुदायिक स्वयंसेवक तथा समुदायका सदस्यहरूका लागि यौन उत्पीडन, शोषण, दुर्व्यवहार तथा सुरक्षा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बी ग्रुप र प्लान इन्टरनेशनल नेपालको सहयोगमा आयोजना गरिएको हो।

कार्यक्रममा सहजकर्ता मानवीर विश्वकर्माले यौन उत्पीडन, शोषण तथा दुर्व्यवहार हुने अवस्था, त्यसका कारण, रोकथामका उपाय तथा विपद्का समयमा देखिन सक्ने जोखिमबारे सहजीकरण गर्नुभएको थियो। उहाँले यस सम्बन्धी नेपालमा रहेको ऐन कानुन र कार्यविधिको बारेमा जानकारी गराउनु भएको छ । साथै यस  बिषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यासको चर्चा गर्नु भएको छ । 

सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी समूह कार्यमार्फत छलफल समेत गराइएको थियो। छलफलका क्रममा यौन उत्पीडन तथा दुर्व्यवहार हुने अवस्था, त्यसका कारण, रोकथामका उपाय, विपद्का समयमा त्यसले पार्ने नकारात्मक असर, पीडितलाई सहयोग गर्ने तरिका तथा स्थानीय सरकार, समुदाय र स्वयंसेवकको भूमिका तथा जिम्मेवारीबारे विचार आदानप्रदान गरिएको थियो।

कार्यक्रमको समापन गर्दै बारबर्दिया नगरपालिकाका विपद् व्यवस्थापन तथा वन वातावरण समितिका संयोजक पुष्कर बिकले यौन उत्पीडन, शोषण र दुर्व्यवहारजस्ता घटनाविरुद्ध सबै पक्ष एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो। उहाँले विशेषगरी विपद्का समयमा महिला, बालबालिका तथा जोखिममा रहेका समुदायको सुरक्षा सुनिश्चित गर्न स्थानीय तह, समुदाय र स्वयंसेवकबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै यस्ता सचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार