मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

“मेरो विद्यालय, मेरो दायित्व” अभियान सुरु
“मेरो विद्यालय, मेरो दायित्व” अभियान सुरु

Rato Pen 368+ समाचार ( )
१० फाल्गुन २०८१, शनिबार

होमेन्द्र थापा, गेरुवा

लुम्बिनी प्रदेशका सामाजिक मन्त्री जन्मजय तिमिल्सिनाले आफुले अध्ययन गरेको विद्यालयबाट “मेरो विद्यालय, मेरो दायित्व” अभियान सुरु गर्नुभएको छ। शुक्रबार गेरुवा गाउँपालिका–2, पाताभारस्थित एकप्रिय राठोर माध्यमिक विद्यालयमा पुगेर उहाँले  १ लाखको एकप्रिय पूर्व विद्यार्थी अक्षयकोष स्थापना गर्दै अभियानको सुरुवात गर्नुभएको हो।

लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा तथा सामाजिक विकास निर्देशनालय र सामाजिक विकास डिभिजन कार्यालय, बाँकेको आयोजनामा तथा विद्यालयको सहआयोजनामा कार्यक्रम सम्पन्न भयो। अभियानको उद्घाटन गर्दै मन्त्री तिमिल्सिनाले आफूले विद्यार्थी जीवनमा भोगेका कठिनाइहरू कसैले भोग्न नपरोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको बताउनुभयो। साथै, २०८० सालको एसईई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विजय अधिकारी र सञ्जीला चौधरीलाई आफ्नो तलबबाट ५/५ हजार पुरस्कार प्रदान गर्नुभयो।

कार्यक्रममा बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले एकप्रिय विद्यालयलाई लोकप्रिय बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। उनले शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी, नैतिकवान, अनुशासित र जिम्मेवार विद्यार्थी उत्पादन गर्ने माध्यम बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

शुक्रबार सुरु गरिएको “मेरो विद्यालय, मेरो दायित्व” अभियान कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व संचार मन्त्री तिलक राम शर्मा, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, सोही विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरू लगायतका महानुभावहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो।

सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर सुधार गर्दै “हाम्रो विद्यालय, राम्रो विद्यालय” बनाउने लक्ष्य अभियानको मुख्य उद्देश्य रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार