मुख्य समाचार
स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता |

बर्दियामा थारू हस्तकलामार्फत वन निर्भरता घटाउने प्रयास
बर्दियामा थारू हस्तकलामार्फत वन निर्भरता घटाउने प्रयास

Rato Pen 345+ समाचार ( )
२७ मंगशिर २०८२, आइतबार

होमेन्द्र थापा, बर्दिया

बर्दियामा वन तथा निकुञ्ज आसपास बसोबास गर्ने समुदायको वनमाथिको निर्भरता घटाउने उद्देश्यले परम्परागत थारू हस्तकला सम्बन्धी तालिम सञ्चालन गरिएको छ। आदिवासी जनजातिको परम्परागत सीपको संरक्षण, प्रवर्द्धन र आयआर्जनसँग जोड्ने लक्ष्यसहित मधुवन नगरपालिकामा उक्त तालिम आयोजना गरिएको हो।

मधुवन नगरपालिकाको आयोजनामा तथा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रको सहयोगमा मधुवन नगरपालिका–१ सूर्यपटुवामा सञ्चालन गरिएको तालिममा नगरपालिकाका विभिन्न वडाबाट २६ जना महिलाको सहभागिता रहेको छ। मंसिर २२ गतेदेखि सुरु भएको तालिम पुष २ गतेसम्म १० दिनसम्म सञ्चालन गरिएको केन्द्रका संयोजक विश्वास चेपाङले जानकारी दिनुभयो। तालिममा परम्परागत थारू हस्तकला अन्तर्गत चटाई, पट्की, गोरी, ढकिया र गुन्द्री बनाउने व्यवहारिक सीप प्रदान गरिएको छ।

तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले तालिमपछि सामूहिक रूपमा वा घरमै बसेर हस्तकलामार्फत आम्दानी गर्न सकिने उल्लेख गर्दै जंगलमा निर्भर नहुन र वैकल्पिक जीविकोपार्जनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो।

तालिममा डाइनिङ टेबलमा राखिने थाल चकटी, रोटी राख्ने हटकेश, कलमदानी, ढकिया, फूलदानी र फुट बास्केटलगायत सामग्री बनाउने सीप सिकाइएको प्रशिक्षक रामकुमारी चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार थारू महिलाहरूले पहिलेदेखि नै खेतबारी, सामुदायिक वन तथा नदीतटीय क्षेत्रमा पाइने काँच र खर प्रयोग गरी यस्ता सामग्री बनाउँदै आएका थिए। तर पछिल्लो समयमा यो परम्परा क्रमशः कमजोर बन्दै गएको थियो। पछिल्ला वर्षहरूमा थारू हस्तकलाको माग बढ्दै गएकाले परम्परागत ज्ञानलाई पुस्तान्तरण गर्दै व्यवसायिक रूपमा विकास गर्न यस्ता तालिम महत्वपूर्ण रहेको उहाँको भनाइ छ। हस्तकला निर्माणका लागि छेडना, कैंची, फिता, काँच र खर जस्ता साधारण सामग्री नै पर्याप्त हुने उहाँले बताउनुभयो।

तालिममा सहभागी देबु थारूले यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। तालिमको अवधि छोटो भएकाले समय थप गर्नुपर्ने र स्थानीय काँचो पदार्थ प्रशस्त उपलब्ध रहेकाले स्थानीय स्रोतसाधनको प्रयोग गर्दै निरन्तर हस्तकला उत्पादनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय सीप, स्रोत र संस्कृतिको संरक्षण गर्दै रोजगारी र आम्दानी वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता तालिमले थारू समुदायको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार