मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

विद्यार्थी भर्ना अभियान अन्तर्गत जनसेवा मा.वि., बैदीमा घरदैलो कार्यक्रम सम्पन्न
विद्यार्थी भर्ना अभियान अन्तर्गत जनसेवा मा.वि., बैदीमा घरदैलो कार्यक्रम सम्पन्न

SizTex 42+ समाचार ( )
२३ वैशाख २०८२, बुधवार

बर्दिया, – ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित सुरु गरिएको विद्यार्थी भर्ना अभियान अन्तर्गत बारबर्दिया नगरपालिका वडा नं. १० मा अवस्थित जनसेवा माध्यमिक विद्यालय, बैदीले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

नगरपालिका कार्यालय, जयनगरबाट वैशाख २१ गतेदेखि ३१ गतेसम्मका लागि जारी गरिएको विद्यार्थी भर्ना अभियानको सूचना अनुसार, विद्यालय उमेर समुहका कुनै पनि बालबालिका विद्यालय बाहिर नपरोस् भन्ने उद्देश्यले घरदैलो कार्यक्रम सञ्चालन गरिएको हो।

उक्त घरदैलो कार्यक्रम प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप) द्वारा सञ्चालित बाल विवाह न्यूनिकरण परियोजनाको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रममा जनसेवा मा.वि.का प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी, परियोजनाका फिल्ड कर्मचारी तथा COC सहभागीहरुको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत विद्यालय क्षेत्रभित्र पर्ने घर तथा टोलहरुमा पुगेर अभिभावकहरूसँग प्रत्यक्ष भेटघाट गरिनुका साथै बालबालिकाको विद्यालय भर्नाबारे जानकारी तथा उत्प्रेरणा प्रदान गरिएको थियो।

बाल विवाह न्यूनिकरण परियोजनाका फिल्ड सुपरभाइजर भरत चौधरीका अनुसार, यस्तो खालको अभिमुखीकरण र जागरुकता कार्यक्रमले बालबालिकालाई विद्यालयतर्फ आकर्षित गर्नुका साथै समुदायमा शिक्षाको महत्वबारे सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार