मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बर्दियामा ग्यास बिक्रेता संघको नयाँ समिति गठन
बर्दियामा ग्यास बिक्रेता संघको नयाँ समिति गठन

Rato Pen 366+ समाचार ( )
२१ वैशाख २०८३, सोमबार

होमेन्द्र थापा, बर्दिया

ग्यास बिक्रेता संघ, बर्दियाको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट टिकाराम कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। नव निर्वाचित समितिमा अध्यक्ष टिकाराम कोइराला, उपाध्यक्ष निसा उप्रेती, सचिव ओम प्रकाश पौडेल, कोषाध्यक्ष राजेश रेग्मी र सहसचिव अन्जु ढकाल रहेका छन्। सदस्यहरूमा दिपेन्द्र अधिकारी, चन्दा चन्द, इश्वोरी बहादुर राना, अभिषेक मित्तल, कमल भण्डारी र जीवन कुमार वली निर्वाचित भएका छन्।

जिल्लामा हाल १८१ जना ग्यास बिक्रेता आबद्ध रहेका छन्। २०७५ सालमा सीमित ग्यास व्यवसायीहरूको पहलमा उपभोक्ताको हितलाई केन्द्रमा राख्दै इन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन गरी जिल्ला प्रशासन कार्यालय, बर्दियामा संघ दर्ता गरिएको थियो।

संघको मुख्य उद्देश्य ग्यासबाट हुने दुर्घटना न्यूनीकरण गर्नु, जनचेतना फैलाउनु, आगलागीबाट बचाउने तथा क्षति भएमा राहत तथा क्षतिपूर्ति दिलाउने रहेको छ। साथै, जिल्लाभरिका ग्यास बिक्रेतालाई एकताबद्ध बनाउँदै आपसी सद्भाव कायम गर्ने र विपन्न तथा असहाय सदस्यहरूलाई वार्षिक रूपमा आर्थिक सहयोगसहित सम्मान गर्ने कार्य पनि संघले गर्दै आएको छ। यसै क्रममा उद्घाटन सत्रमा ग्यास बिक्रेता सिक्कु थारुलाई नगद ५ हजार १ सय रुपैयाँसहित सम्मान गरिएको थियो।

सनीवार भएको कार्यक्रम संघका अध्यक्ष इन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश ग्यास बिक्रेता संघका कोषाध्यक्ष सुनिल रेग्मी, स्थानीय तहका जनप्रतिनिधि, निर्माण व्यवसायी संघ, पत्रकार महासंघ, सुनचाँदी व्यवसायी संघ, बर्दिया तथा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उपस्थित वक्ताहरूले ग्यासको सुरक्षित प्रयोगबारे जनचेतना अभिवृद्धि गर्न संघले थप सक्रिय भूमिका खेल्नुपर्ने, उपभोक्तालाई सहज र सुरक्षित रूपमा ग्यास उपलब्ध गराउनुपर्ने लगायतका सुझाव दिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार