मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

मधुवन नगरपालिकाको १७ औँ नगरसभा सम्पन्न
मधुवन नगरपालिकाको १७ औँ नगरसभा सम्पन्न

Rato Pen 366+ समाचार ( )
१३ पौष २०८२, सोमबार

बर्दिया — मधुवन नगरपालिकाको १७ औँ नगरसभा सोमबार सम्पन्न भएको छ। नगरसभाले पालिकाको कार्यविधि, सार्वजनिक महत्वका मुद्दा, तथा बजेट संशोधन प्रस्तावलाई पारित गर्दै बैठक समापन गरेको हो।

बैठकमा विधायन समितिका संयोजक कृष्ण परियारले शिक्षा सम्बन्धी कार्यविधिको एक बुँदामा संशोधन प्रस्ताव पेश गरेपछि सो बुँदा संशोधित गरिएको छ। साथै केही ठेक्काबाट बाँकी रकम तथा कार्यान्वयनका क्रममा शीर्षक नमेलिएका कार्यक्रमहरू पुनःसमायोजन गरिएका छन्। कम प्राथमिकताका गतिविधिलाई घटाउँदै आवश्यकता र सार्वजनिक महत्वका विषयमा बजेट पुनःकेन्द्रित गरिएको नगरपालिकाले जनाएको छ।

फोहर व्यवस्थापनको चुनौती समाधानका लागि नगरप्रवक्ता मेकबहादुर गुरुङ्ग तथा प्रमुख प्रशासनिक अधिकृत धर्मराज न्यौपानेको अगुवाइमा आवश्यक छलफल अघि बढाइने, समस्या समाधानतर्फ तत्काल ठोस कदम चालिने निर्णयसमेत नगरसभामा गरिएको छ।

कार्यक्रममा नगरसभा अध्यक्ष तथा नगरप्रमुख तेजबहादुर भाटले नगरपालिका भित्रका योजना तथा कार्यक्रमलाई तीव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिनु भयो। हाल सामाजिक रूपमा असर पारिरहेका लागुपदार्थ दुरुपयोग, ओसारपसार, आत्महत्याजस्ता घटनामा वृद्धि देखिएको उल्लेख गर्दै उहाँले सम्बन्धित निकाय, विज्ञ तथा सरोकारवालासँग सहकार्य तथा समन्वयमार्फत अनुसन्धान, रोकथाम र नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो।

नगरप्रमुख भाटले सबै सरोकारवाला पक्षहरूलाई सकारात्मक साथ, सहयोग र सहकार्यको अपेक्षा राख्दै प्रभावकारी कार्यान्वयनमा जोड दिनु भयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार