मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार
बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार

Rato Pen 344+ समाचार ( )
६ श्रावण २०८३, बुधवार

होमेन्द्र थापा, बर्दिया

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा वन अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले बर्दियामा तारजाली तथा छेकवार निर्माण अभियानलाई तीव्रता दिइएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाका वन क्षेत्र र राष्ट्रिय निकुञ्जको मध्यवर्ती बस्तीमा ५५ किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली विस्तार गरिएको छ। यसबाट वन्यजन्तुको बस्ती प्रवेश घट्ने, खेतीबाली तथा मानव जीवनमा हुने क्षति कम हुने अपेक्षा गरिएको छ। वन, वन्यजन्तु र बस्तीबीच सुरक्षित दूरी कायम गर्ने लक्ष्यका साथ जिल्लाभर तारजाली विस्तार अभियान सञ्चालन गरिएको हो। 

डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा विभिन्न स्थानमा तारजाली तथा छेकवार निर्माण गरिएको छ। चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालय तथा सामुदायिक वन उपभोक्ता समूहले ४० हजार ४ सय ८५ मिटर, बर्दिया राष्ट्रिय निकुञ्जले ४ हजार मिटर, बाँसगढी नगरपालिकाले ४ हजार ६ सय मिटर, ठाकुरबाबा नगरपालिकाले ३ हजार ५ सय ४७ मिटर, मधुवन नगरपालिकाले १ हजार ७ सय १७ मिटर र गेरुवा गाउँपालिकाले ७ सय मिटर क्षेत्रमा तारजाली निर्माण गरेका छन्। 

यसअघि आर्थिक वर्ष २०८१/०८२ मा डिभिजन वन कार्यालयले २.४३ किलोमिटर, बर्दिया राष्ट्रिय निकुञ्जले ७ किलोमिटर, बाँसगढी नगरपालिकाले १ हजार १ सय मिटर, ठाकुरबाबा नगरपालिकाले २ हजार १ सय मिटर, मधुवन नगरपालिकाले ८७९ मिटर र गेरुवा गाउँपालिकाले ८ सय मिटर क्षेत्रमा तारजाली निर्माण गरेका थिए। त्यस वर्ष १४ किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली तथा छेकवार निर्माण गरिएको थियो। 

पछिल्ला वर्षहरूमा चितुवा, बाघ र हात्तीको आक्रमणबाट मानव, पशुधन तथा खेतीबालीमा हुने क्षति बढ्दै गएपछि संरक्षण निकायहरूले तारजाली निर्माणलाई प्राथमिकतामा राखेका हुन्। तारजाली विस्तारसँगै वन संरक्षण थप प्रभावकारी बन्नुका साथै वन्यजन्तुको बस्ती प्रवेशसमेत क्रमशः घट्दै गएको जनकल्याण सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देवेन्द्र थापाले बताउनुभयो। वन अतिक्रमण हटाइएका माचड, ओराली बजार, मधुवन र बारबर्दियालगायतका वन क्षेत्रमा समेत तारजाली विस्तार गरिएको छ। पछिल्ला दुई आर्थिक वर्षमा मात्रै जिल्लाभर करिब ६९ किलोमिटर तारजाली तथा छेकवार निर्माण भइसकेको छ। तारजाली विस्तारसँगै स्थानीय समुदायले राहत महसुस गर्न थालेका छन्। गुलरिया नगरपालिका–५ की वडा सदस्य कालीदेवी थरुनीले तारजाली निर्माणपछि वन्यजन्तुको बस्ती प्रवेश घट्न थालेकाले समुदाय खुसी भएको बताउनुभयो। तारजाली विस्तारले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन संरक्षण, वन अतिक्रमण नियन्त्रण तथा स्थानीयवासीको जीविकोपार्जन सुरक्षामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार