मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

युवा महिलाहरुलाई उद्यमी बनाउनका लागि क्षमता अभिबृद्धि तालिम
युवा महिलाहरुलाई उद्यमी बनाउनका लागि क्षमता अभिबृद्धि तालिम

Rato Pen 344+ समाचार ( )
२७ जेठ २०८१, आइतबार

बारबर्दिया, 

युवा महिलाहरुलाई उद्यमी बनाउनका लागि ब्यबसायिक शिप विकास तालिम प्रदान गर्नका लागि बारबर्दिया नगरपालिकामा ३ दिने तालिम शुरु भएको छ । बारबर्दिया नगरपालिका भित्रका १८ देखि २४ बर्ष उमेर समुहका १९ जना युवा महिलाहरुलाई उद्यमी बनाउनका लागि क्षमता अभिबृद्धि सम्बन्धी तालिम प्रदान गर्न थालिएको हो । 

युवा महिलाहरुलाई ३ दिन सम्म ब्यबसाय गर्नका लागि आवश्यक पर्ने आधारभूत ज्ञान, शिप प्रदान गरी उहाँहरुले नै रोजेको ब्यबसायलाई संचालन गर्ने ब्यबसायिक योजना बनाउन लगाईने छ । ब्यबसायिक योजनामा निर्माण गर्दा बजारको अवस्था, उत्पादनका लागि कच्चा पदार्थको बारेमा छलफल तथा जानकारी गराईने छ । तालिममा १९ जना सहभागि मध्यबाट गार्मेन्ट, दुनाटपरी र हाउसवाईरिङ्गको ब्यबसाय गर्ने योजना बनाउनु भएको छ । 

तालिम उद्घाटन कार्यक्रममा बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेले युवा उद्यमीहरुले उत्पादन गरेका उत्पादित बस्तुको बजारीकरण गर्ने जिम्मवारी पालिकाले लिने बताउनु भएको छ । युवाहरुलाई उद्यमी बनाउनका लागि संघसंस्थाहरुसंग समन्वय गरेर कार्यक्रमहरु संचालन गरीरहेको बताउनु भएको छ । जुन ब्यबसाय गर्ने भनेर तालिममा सहभागि हुनु भएको छ त्यसको बजार बारबर्दियामा सम्भावना अथाह रहेको बताउनु भएको छ । त्यसैले कुनै पनि संकोच नराखिकन ढुक्कका साथ शिप सिक्नका लागि अनुरोध गर्न भएको छ ।

कार्यक्रममा बाल विवाह न्युनिकरण परियोजनाका प्राविधक संयोजक खेमराज भण्डारीले बाल विवाहमा परेका वा बालविवाहको जोखिममा रहेका युवा महिलाहरुलाई उद्यमी बनाउनका लागि तालिम प्रदान गर्न थालेको बताउनु भएको छ । उहाँहरुले रोजको र योजना बनाएको ब्यबसाय सम्बन्धी शिप र ज्ञान प्रदान गरी ब्यबसाय सफल बाउनका लागि विविध क्षेत्रबाट सहयोग गरी सफल उद्यमी बनाउने उदेश्य रहेको जानकारी गराउनु भएको छ । 

प्लान इन्टरनेशन नेपाल र भेरी वातावरणीय बिशिष्टिता समुह (बि ग्रुप)को साझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तरगत युवा महिलाहरुलाई आईतबार देखि तालिम प्रदान गरीरहेको परियोजनाकी सुपरभाईजर सुनिता चौधरीले जानकारी गराउनु भएको छ । बि ग्रुपले यसरी नै दुई चरणको तालिम भएर ब्यबसाय शुरु गरिसक्नु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार