मुख्य समाचार
स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता |

युवाहरुको सवाल योजना तर्जुमा प्रक्रियामा समावेश गराउन अन्तरक्रिया
युवाहरुको सवाल योजना तर्जुमा प्रक्रियामा समावेश गराउन अन्तरक्रिया

Rato Pen 345+ समाचार ( )
१० माघ २०८१, बिहीबार

बारबर्दियामा युवाहरुको सवाल योजना तर्जुमा प्रक्रियामा समावेश गराउन सहयोग पुर्‍याउने उद्देश्यले युवा तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम प्लान इन्टरनेसनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र, गुलरिया बर्दियाद्वारा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत आयोजना गरिएको हो।

अन्तरक्रिया कार्यक्रममा बारबर्दियाका विभिन्न वडाका अध्यक्षहरूले युवाहरुलाई आगामी आर्थिक वर्षका लागि योजना तर्जुमा प्रक्रियामा समावेश गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, वडा अध्यक्षहरूले युवाहरुलाई वडासँग सक्रिय सम्पर्क र समन्वय राख्न सुझाव दिएका छन्। सीमित स्रोतसाधनका बीच सबैलाई सम्बोधन गर्ने चुनौती रहेको उल्लेख गर्दै, आगामी दिनमा युवाहरुको सवालमा निरन्तर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागी युवाहरूले समाजिक सञ्जालको दुरुपयोग रोक्न, लैङ्गिक र अल्पसंख्यक युवालाई सम्मानजनक दृष्टिकोणले हेर्न, अपाङ्गता भएका व्यक्तिहरूलाई योजना तर्जुमा प्रक्रियामा समावेश गर्न, महिलालाई प्राथमिकतामा राख्न, रोजगारी र स्वरोजगारका कार्यक्रमहरू ल्याउन, सीपमूलक तथा जीवन उपयोगी शिक्षामा जोड दिन र युवा लक्षित कार्यक्रम अघि बढाउन सुझाव दिएका छन्।

कार्यक्रममा बारबर्दियाका वडा नम्बर १, २, ४, ५ र ७ का वडा अध्यक्ष तथा प्रतिनिधिहरू, महिला तथा बालबालिका शाखा प्रमुख, युवा सञ्जाल, अपाङ्ग सञ्जाल, लैङ्गिक तथा अल्पसंख्यक समूह, नागरिक समाज र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम अधिकृत संजय चौधरीले गरेका थिए भने सुपरभाइजर रामकली थारुले कार्यक्रमबारे जानकारी दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार