मुख्य समाचार
स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता |

बारबर्दिया–७ को प्रशासनिक भवन उद्घाटन
बारबर्दिया–७ को प्रशासनिक भवन उद्घाटन

Rato Pen 345+ समाचार ( )
१५ असार २०८२, सोमबार

बारबर्दिया नगरपालिका–७ को नयाँ प्रशासनिक भवन उद्घाटन गरिएको छ। नगरप्रमुख छबिलाल थारु र उपप्रमुख रत्नकुमारी पाण्डेले एक विशेष समारोहबीच भवनको उद्घाटन गर्नुभएको हो।

स्थानीय तहको पूर्ण संरचना कार्यान्वयनपछि वडाको कार्यालय सामुदायिक भवनमा सञ्चालन हुँदै आएको थियो। अब भने सिंहदरबारको सेवा गाउँगाउँमा पुर्‍याउने लक्ष्यअनुसार सेवा प्रवाहका लागि स्थायी प्रशासनिक भवन निर्माण गरिएको हो। हाल कतिपय वडाहरूमा भवन निर्माण भइरहेको छ भने केही वडाहरू आफ्नै भवनबाट सेवा दिन थालेका छन्।

उद्घाटन कार्यक्रममा नगरप्रमुख थारुले नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ सहज र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले साघुरो स्थानमा सेवा दिन कठिन भएको उल्लेख गर्दै अब भने नागरिकले सजिलै सेवा पाउने वातावरण बनेको बताउनुभयो। साथै, यो भवन वडा नम्बर ७ को सम्पत्ति भएकाले यसको संरक्षण र सदुपयोगमा स्थानीयवासीको भूमिका महत्वपूर्ण रहने कुरामा जोड दिनुभयो।

नगरउपप्रमुख रत्नकुमारी पाण्डेले वडा कार्यालय नागरिकको सबैभन्दा नजिकको सरकारी सेवा केन्द्र भएकोले जनताको सहज पहुँच र सेवा सुनिश्चित गर्न प्रशासनिक भवन आवश्यक रहेको बताउनुभयो। जनताको चाहना अनुसार काम भइरहेको उहाँको भनाइ थियो।

वडा अध्यक्ष इन्द्रप्रसाद थारुले निरन्तर प्रयासपछि भवन निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। प्रशासनिक भवनको अभावले सेवा प्रवाहमा कठिनाइ भइरहेको अवस्थामा अब सजिलै सेवा दिन सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार