मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

बारबर्दियाका वडा १ र ५ का सरसफाइ समितिहरूको संयुक्त पुनरावलोकन बैठक
बारबर्दियाका वडा १ र ५ का सरसफाइ समितिहरूको संयुक्त पुनरावलोकन बैठक

Rato Pen 368+ समाचार ( )
२६ मंगशिर २०८२, शनिबार

बारबर्दिया नगरपालिका वडा नम्बर १ र ५ का खानेपानी, सरसफाइ तथा स्वच्छता समितिहरूको संयुक्त पुनरावलोकन बैठक वडा नम्बर ३ को बेलवाबज्जामा सम्पन्न भएको छ। प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र, गुलरियाको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत उक्त बैठक आयोजना गरिएको हो।

बैठकमा वडा स्तरमा हालसम्म गरिएका गतिविधि, ती कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो। सहभागी समितिका सदस्यहरूले अघिल्लो अवस्थाको तुलनामा सरसफाइ तथा स्वच्छतामा उल्लेखनीय सुधार आएको जनाउँदै केही स्थान तथा व्यक्तिहरूले अझै अटेरी गरी सरसफाइमा ध्यान नदिएको अवस्था रहेको बताए। यस्ता अवस्थालाई सुधार गर्न सामाजिक दबाब सिर्जना गर्नुका साथै आवश्यक परे कानुनी प्रक्रिया अपनाउँदै सरसफाइमा सबैको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइयो।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष कैलाशपति थारु र वडा नम्बर ५ का वडा अध्यक्ष लालबहादुर चौधरीले सरसफाइ कार्यक्रमलाई निरन्तरता दिँदै अघि बढाइएको जानकारी गराउनुभयो। उहाँहरूले नेपाललाई सन् २०३० सम्म पूर्ण सरसफाइयुक्त राष्ट्र बनाउने राष्ट्रिय लक्ष्यअनुसार समयसीमाभन्दा अघि नै सन् २०२८ भित्र बारबर्दिया नगरपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो। पालिका तथा परियोजनाको सहकार्यमा नियमित गतिविधि सञ्चालन भइरहेकाले लक्षित उद्देश्य हासिल गर्न प्रतिबद्धतासहित अभियान अघि बढिरहेको उहाँहरूको भनाइ थियो।

सशक्त बालिका परियोजनाका कार्यक्रम संयोजक मनोज पौडेलले पूर्ण सरसफाइयुक्त वडा निर्माणका लागि विगतमा गरिएका प्रयासहरूको पुनरावलोकन गर्दै आगामी दिनमा गर्नुपर्ने कार्यहरूको पहिचान र कार्ययोजना तय गर्न संयुक्त बैठक आयोजना गरिएको जानकारी दिनुभयो।

त्यसैगरी परियोजनाका कार्यक्रम अधिकृत संजय चौधरीले समिति तथा परियोजनाको सहकार्यमा अघि बढाइने सरसफाइका सूचकहरूको पुनरावलोकन गराउँदै समुदायमा विद्यमान समस्या र समाधानका उपायबारे सहभागीहरूसँग छलफल गराउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार