मुख्य समाचार
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवाबारे सार्वजनिक सुनुवाइ सम्पन्न | सिउनिया स्वास्थ्य केन्द्रले किशोरकिशोरी मैत्री सेवामा हासिल गर्‍यो उत्कृष्ट अंक | स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास |

मानव वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरणका लागि विज्ञ टोली बर्दियामा
मानव वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरणका लागि विज्ञ टोली बर्दियामा

Rato Pen 308+ समाचार ( )
१४ असार २०८१, बिहीबार

बर्दिया, असार १२ गते

मानव वन्यजन्तु बिचको असमझदारीलाई न्यूनिकरण गर्नका लागि बर्दियाको ठाकुरद्धारामा दुई दिने कार्यशाला शुरु भएको छ । नेपालका बिभिन्न क्षेत्रका विज्ञ सहितको टोलि मानव र वन्यजन्तु बिचको असमझदारी बढ्दै गएको बेलामा न्युनिकरणका बिकल्पहरु खोजिका लागि कार्यशालाको आयोजना गरिएको हो । 

मानव र वन्यजन्तु विचको द्वन्द्व न्युनिकरणका लागि विज्ञ सहितको टोलीले सरोकारवाला तथा स्थानीयहरुसँग छलफल गरी रहेको छ । बसाई सराईका क्रममा वन्यजन्तुको क्षेत्रमा मानवीय वस्ती बस्दा वन्यजन्तु र मानव बिच एकअर्काको अस्तित्व स्वीकार गर्न नसक्दा मानवीय तथा भौतिक क्षति हुने गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बताउनु भयो । वन्यजन्तु स्वभावले नै जंगलमा बस्न रुचाउने तर कहिलेकाही जंगलसँग जोडिएको मानवीय बस्ती हुदाँ तथा मानव वन्यजन्तु क्षेत्रमा प्रवेश गर्दा द्वन्द्व हुने गरेको जानकारी गराउनु भएको छ । 

स्थानीय सरकारलाई सबै सामुदायिक वन, मध्यवर्ती क्षेत्रको व्यवस्थापकीय अधिकार २०७४ मा जारी भएता पनि नियामावली समयमा बन्न नसक्दा स्थानीय सरकार र निकुञ्जका विच बेलाबेलामा द्वन्द्व हुँदा दुबैले आ–आफ्नो किसिमले काम गर्न नसकेको ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलक लम्सालले बताउनु भयो । कर्णालीको पानी बग्ने भंगालोमा नदिजन्य पदार्थ ७ लाख घनमिटर आएर थुप्रिए पनि त्यसलाई हटाउने कुनै प्रष्ट नीति नभएको कारण मानव तथा वन्यजन्तुलाई पानीको अभाव भएको नगर प्रमुख लम्सालले भनाई रहेको छ । 

बर्दिया जिल्लामा बाघ, हात्ती, चितुवा लगाएतका वन्यजन्तुहरुका कारण द्वन्द्व बढ्दो छ । वन्यजन्तु बढ्दो क्रममा रहेको तर वासस्थान यथावत र अव्यवस्थित हुदै जाँदा समस्या थप बढ्नेको हुन सक्ने अनुमान गरीएको छ । वन्यजन्तु र मानव बिच हुने द्वन्द्वमा घाइतेको उपचार तथा राहतमा राज्यले खर्च गरेको बराबरको रकम वन्यजन्तु व्यवस्थापनमा खर्च गर्न नसक्दा समस्या बढ्दै जाने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भएको छ । संरक्षणका लागि तिनै तहको सरकारको महत्वपुर्ण भूमिका हुन्छ भन्ने कुरा भाषणमा मात्र सिमित रहनु, वन्यवन्तु व्यवस्थापनका लागी र।ज्यले लगानी बढाउनु पर्ने प्रजिअ शर्माले सुझाव रहेको छ । 

मानव वन्यजन्तु सहअस्तित्व उद्घाटन समारोहमा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्यबहादुर बिष्ट, बाँसगढी नगरपालिकाका प्रमुख खड्क बहादुर खड्का, मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाट तथा सरोकारवाला निकायका व्यक्तिहरुले मानवले वन्यजन्तुलाई सही व्यवस्थापन र नियन्त्रण गर्न तर्फ सबै पक्ष एकमत हुनु पर्ने बताउनु भएको छ । सकारात्मक सोचका साथ कार्य अगाडी बढाएमा द्वन्द्व न्युनिकरण गर्न कठिन नहुने सुझाव दिनु भएको छ । बर्दियाको ठाकुरद्वारामा बर्दिया राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय प्रकृति कोष बर्दिया संरक्षण कार्यक्रमको संयुक्त आयोजनामा गरिएको कार्यशाला दुई दिनसम्म चल्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार