मुख्य समाचार
स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता |

भुटानी शरणार्थी प्रकरण: बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी

Rato Pen 1+ समाचार ( )
३१ वैशाख २०८०, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

शरणार्थी प्रकरणमा थापाको संलग्नता देखिएकपछि प्रहरीले आइतबार पक्राउ पुर्जी जारी गरेको हो । यसअघि बादल गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकको पनि संलग्नता देखिएकाले थप अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको प्रहरी स्रोतले जनाएको छ । 

तर, पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकले भने यसअघि विज्ञप्ति जारी गरी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका थिए । प्रतीकले आफूले अनुसन्धानका लागि प्रहरीलाई सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघि आइतबार नै कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण भट्टराई, पूर्वगृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित राई, एमाले सचिव टोबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलगायत १२ जना पक्राउ परिसकेका छन् । शरणार्थी प्रकरणमै मुछिएका एमाले सचिव रायमाझी भने पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार