मुख्य समाचार
स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता |

समयमै पहिचान र सही उपचारमा जोड: बारबर्दियामा राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सञ्चालन
समयमै पहिचान र सही उपचारमा जोड: बारबर्दियामा राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सञ्चालन

Rato Pen 345+ समाचार ( )
१७ वैशाख २०८३, बिहीबार

बारबर्दिया — “समयमै पहिचान, सही उपचारः कुपोषण मुक्त पुस्ताको आधार” भन्ने नारासहित बारबर्दिया नगरपालिकामा राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सञ्चालन भएको छ। कार्यक्रम आगामी २०८३ साल बैशाख १५ गतेदेखि २४ गतेसम्म नगरपालिकाका सबै ११ वटै वडाका समुदायमा सञ्चालन गरिने बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।

कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिनासम्मका शिशु तथा बालबालिकालाई लक्षित गरी विभिन्न पोषणसम्बन्धी जाँच तथा मापन गरिनेछ। यसमा पाखुरा मापन, तौल मापन, उचाई तथा लम्बाइ मापनका साथै पोषणजन्य सूचकहरूको परीक्षण गरिदै छ । यी परीक्षणमार्फत बालबालिकामा कुपोषणको अवस्था पहिचान गरी आवश्यक परामर्श र उपचार प्रक्रिया अगाडि बढाइने लक्ष्य लिइएको छ।

स्वास्थ्य शाखाका अनुसार बालबालिकाको वृद्धि र विकासको नियमित अनुगमन गर्न, कुपोषण समयमै पत्ता लगाउन र उचित व्यवस्थापन गर्न यस कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमले “हरेक बच्चाको हक स्वस्थ र पोषित जीवन” भन्ने सन्देशलाई प्राथमिकतामा राख्दै अभिभावक तथा समुदायलाई सन्तुलित आहार र पोषणप्रति सचेत बनाउन पनि जोड दिनेछ।

नगरपालिकाले कुपोषण न्यूनीकरणका लागि समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सबै अभिभावकलाई आफ्ना बालबालिकालाई शिविरमा ल्याई जाँच गराउन आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार