मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

लेटाङ-४ मेयर कप फुटबलको फाइनलमा, लेटाङ-३ सँग उपाधि भिडन्त

Rato Pen 1+ समाचार ( )
२० असार २०८०, बुधवार

मोरङ । लेटाङमा जारी दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ३ र ४ भिड्ने भएका छन् । बुधबार भएको दोश्रो सेमीफाइनल खेलमा वडा नम्बर २ लाई पराजित गर्दै वडा नम्बर ४ ले वडा नम्बर ३ सँगको उपाधि भिडन्त पक्का गरेको हो । बुधबार कमलपुर खेल मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा वडा नं २ माथि ४-३ को संघर्षपूर्ण जित हात पार्दै वडा नं ४ फाइनलमा प्रवेश गरेको हो ।

वडा नं ४ को जितमा सौलेन लामाले २ गोल गरे भने भुवन राई र पवन श्रेष्ठले १\१ गोल गरे । वडा नं २ का लागि विकल देवानले २ र अनुप मगरले १ गोल फर्काए पनि हार टार्न सकेनन् । विजेता टिम वडा नं ४ का सौलेन लामा प्लेयर अफ दी म्याच घोषित भए । वडा नम्बर ३ ले मंगलबार भएको पहिलो सेमीफाइनल खेलमा वडा नम्बर ६ लाई पराजित गर्दै फाइनलमा स्थान बनाइ सकेको थियो । 

 असार १३ गतेबाट शुरू प्रतियोगिताको फाइनल खेल असार २२ गते शुक्रबार हुनेछ । लेटाङ नगरपालिकाको आयोजनामा लेटाङ ३ कमलपुरस्थित जुद्ध बहादुर स्मृति खेलमैदानमा सञ्चालित प्रतियोगिताको उपाधि विजेता टीमले नगद १ लाख ३५ हजार र उपविजेता टीमले ६५ हजार पुरस्कारसहित ट्रफि पाउने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार