मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बारबर्दियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण
बारबर्दियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण

Rato Pen 366+ समाचार ( )
१३ श्रावण २०८३, बुधवार

बारबर्दिया,  बारबर्दिया नगरपालिकाको सभाहलमा वडा विपद् व्यवस्थापन समितिका पदाधिकारीहरूका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

प्राक्टिकल एक्सन नेपाल, मेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप), क्लाइमेट रेजिलिएन्स एलायन्स (Climate Resilience Alliance) तथा स्विस रे फाउन्डेसन (Swiss Re Foundation) को सहयोगमा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम’ अन्तर्गत उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारु, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, वडा स्तरीय विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरू, नगर प्रहरी तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।

अभिमुखीकरणमा विपद् आउनुअघि गर्नुपर्ने तयारी, वडा विपद् व्यवस्थापन समितिको भूमिका र जिम्मेवारी, स्थानीय तहमा विपद् पूर्वतयारीका उपाय, सम्भावित जोखिमको पहिचान, समुदायको सहभागितामा विपद् न्यूनीकरणका अभ्यास तथा जलवायु परिवर्तनका प्रभाव र त्यससँग अनुकूलनका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख छविलाल थारुले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी नै सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गर्दै वडा तहका समितिहरूलाई सक्रिय र जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभयो। उहाँले समुदायको सहभागिता र सबै निकायबीचको समन्वयबाट मात्र विपद्को प्रभाव न्यूनीकरण गर्न सकिने बताउनुभयो।विपद् व्यवस्थापनमा स्थानीय तहको तयारी, सूचना प्रणालीको प्रभावकारी प्रयोग तथा वडा स्तरीय योजनाको कार्यान्वयनलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले अभिमुखीकरणबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर सुरक्षित र उत्थानशील समुदाय निर्माणमा योगदान पुर्‍याउन सहभागीहरूलाई आग्रह गर्नुभयो।

आयोजकका अनुसार वडा तहमा विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्धि गरी जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्दै समुदायलाई विपद्प्रति थप तयारी अवस्थामा राख्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार