मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न
स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न

Rato Pen 368+ समाचार ( )
३० जेठ २०८३, शनिबार

बर्दिया, असार — बारबर्दिया नगरपालिकामा स्थानीय स्तरमा विपद् जोखिम न्यूनीकरण, जलवायु उत्थानशील विकास तथा कृषकहरूको सुरक्षा सुदृढ गर्ने उद्देश्यले स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुको अध्यक्षतामा सम्पन्न गोष्ठी प्राक्टिकल एक्सन नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) को साझेदारीमा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो।

कार्यक्रममा स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा निर्माणका लागि आवश्यक कानुनी, नीतिगत तथा संस्थागत व्यवस्थाबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो। कार्यशालामा नेपालको संविधान, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७५, राष्ट्रिय नीति तथा रणनीतिक कार्ययोजनालगायतका कानुनी तथा नीतिगत व्यवस्थाहरूको समीक्षा गरिएको थियो।

गोष्ठीमा नगरपालिकाभित्र रहेका प्रकोप, जोखिम, सङ्कटासन्नता तथा उपलब्ध क्षमताको विश्लेषण गरी विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनका विषयलाई स्थानीय विकास योजना, आवधिक योजना, वार्षिक कार्यक्रम तथा बजेटमा मूलप्रवाहीकरण गर्ने विषयमा छलफल गरिएको थियो। साथै सेण्डाई कार्यढाँचा (२०१५–२०३०), दिगो विकास लक्ष्य (एसडीजी) तथा पेरिस सम्झौताका लक्ष्यहरूलाई स्थानीयकरण गर्दै एकीकृत तथा समन्वयात्मक कार्यढाँचा तयार गर्ने उद्देश्यबारे जानकारी दिइएको थियो।

कार्यक्रममा विपद् तथा बाली बीमाको आवश्यकता, प्रभावकारिता र कार्यान्वयनका सम्भावनाबारे समेत छलफल गरिएको थियो। सहभागीहरूले विपद् जोखिममा रहेका कृषक तथा समुदायलाई बीमाको पहुँचमा ल्याउन सहकारी संस्थाहरूको भूमिका महत्वपूर्ण रहने बताएका थिए। सहकारीमार्फत बीमा कार्यक्रम सञ्चालन गर्न आवश्यक कानुनी तथा संस्थागत व्यवस्था मिलाउने तथा सहकारीहरूको विनियममा बीमासम्बन्धी व्यवस्था समावेश गर्नुपर्ने विषयमा पनि सुझाव प्रस्तुत गरिएको थियो।

कार्यढाँचा तर्जुमाका विभिन्न चरणहरूबारे जानकारी दिँदै प्रारम्भिक समन्वय, सूचना सङ्कलन तथा विश्लेषण, एकीकृत योजना विकास, कार्यढाँचाको स्वीकृति र मूलप्रवाहीकरण तथा कार्यान्वयन, अनुगमन र मूल्याङ्कन प्रक्रियामा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता आवश्यक रहेको औँल्याइएको थियो।

कार्यक्रममा स्थानीय विपद् व्यवस्थापन समिति, विषयगत शाखाका प्रतिनिधि, जल तथा मौसमसम्बन्धी निकाय, संरक्षित क्षेत्रका प्रतिनिधि, निजी क्षेत्र, गैरसरकारी संस्था, कार्यपालिका सदस्य तथा विपद् जोखिम क्षेत्रमा क्रियाशील विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमले बारबर्दिया नगरपालिकामा विपद् जोखिम न्यूनीकरण, जलवायु उत्थानशील विकास तथा कृषकमैत्री बीमा प्रणालीको विकासका लागि साझा समझदारी तथा भावी कार्ययोजनाको आधार तयार गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार