मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

दलित महिलाको पहुँच अभिवृद्धिमा संचारकर्मीको भूमिका विषयक कार्यक्रम सम्पन्न
दलित महिलाको पहुँच अभिवृद्धिमा संचारकर्मीको भूमिका विषयक कार्यक्रम सम्पन्न

SizTex 42+ समाचार ( )
८ माघ २०८१, मङ्गलबार

बर्दिया – संचार माध्यममा दलित महिलाको पहुँच अभिवृद्धिका लागि संचारकर्मीहरूको भूमिकाबारे बर्दियामा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ बर्दियाको आयोजनामा भएको कार्यक्रममा जिल्लाका सक्रिय पत्रकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले अधिकांश दलित महिलाहरू घरेलु हिंसाको शिकार भइरहेको उल्लेख गर्दै, उनीहरूको न्यायमा पहुँच सुनिश्चित गर्न संचारकर्मीहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, सरकारी निकायजस्ता क्षेत्रमा दलित महिलाहरूको उपस्थितिमा वृद्धि हुन आवश्यक रहेको पनि जोड दिनुभयो।

दलित महिला संघका अनुसार, ८२ प्रतिशत दलित महिलाहरू घरेलु हिंसाको शिकार भइरहेका छन्। चालु आर्थिक वर्षको हालसम्म ८९ जनाले घरेलु हिंसाका कारण ज्यान गुमाएका छन्। त्यस्तै, १२ दशमलव १६ प्रतिशत दलित महिलाहरू बलात्कारको शिकार भएको तथ्यांक प्रस्तुत गरिएको छ।

कार्यक्रममा संघले आफ्नो दुई दशकको यात्रा उल्लेख गर्दै छुवाछूत, जातीय विभेद, र दलित महिलाहरूको न्याय र आर्थिक समृद्धिका लागि सञ्चालन गरिएका कार्यक्रमहरूको जानकारी गराएको थियो। संघले गुलरिया, मधुवन, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा काम गर्दै आइरहेको र दलित महिलाहरूलाई समूहमा एकीकृत गर्दै बीउ पुँजी प्रदान गरी उनीहरूको आर्थिक उपार्जनमा सहयोग गरिरहेको बताइएको छ।

कार्यक्रममा उपस्थित पत्रकारहरूले दलित महिला लगायत सीमान्तकृत समुदायहरूको आवाज बुलन्द गर्न तयार रहेको बताएका छन्। पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले संचार माध्यमले सधैँ सकारात्मक भूमिका खेल्ने र सीमान्तकृतहरूको पक्षमा कलम चलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमले दलित महिलाहरूको अधिकार, न्याय, र पहुँच सुनिश्चित गर्न संचारकर्मीहरूको सक्रियता आवश्यक रहेको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार