मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बर्दियाका पशु हाट बजार सुनसान, चौपाया व्यापार धराशायी
बर्दियाका पशु हाट बजार सुनसान, चौपाया व्यापार धराशायी

Rato Pen 366+ समाचार ( )
१६ वैशाख २०८२, बुधवार

होमेन्द्र थापा, बर्दिया 

बर्दियाको मधुवन नगरपालिका र गुलरिया नगरपालिकामा लाग्ने पशु हाट बजार पछिल्ला दिनमा सुनसान बन्दै गएका छन्। घरघरमा चौपाया पालन घट्नु, थोरै चौपाया घरमै बिक्री गर्नु, र हाट बजारसम्म चौपाया लैजान वडाबाट सिफारिस अनिवार्य हुनुले बजारको चहलपहल घटेको हो। यसले चौपाया व्यापार धराशायी बनाउँदै लगेको छ।

बर्दियामा दुईवटा मुख्य पशु हाट बजार — मधुवनको रामनगर र गुलरियाको नगर क्षेत्र — वर्षौँदेखि सञ्चालनमा छन्। यी बजारमा गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रालगायतका चौपाया बिक्री हुँदै आएका थिए। चार–पाँच वर्षअघि हप्तामै सयौँ चौपाया कारोबार हुने यस्ता बजार अहिले प्रायः सुनसान देखिन्छन्।

मधुवनका स्थानीय हिरालाल भाट भन्छन्, "स्थानीय सरकारले पशु हाट बजारको ठेक्का त दिन्छ, तर चौपाया बजारसम्म लैजान वडाबाट सिफारिस अनिवार्य बनाइएको छ। यसले किसान दोहोरो राजस्वको मारमा परेका छन्।" गुलरियाका पशु हाट बजार ठेकेदारका भाइ आलम शाहले पनि सिफारिसको झन्झट हटाई किसानलाई सहज ढंगले चौपाया ल्याउन–लाने वातावरण बनाउन आग्रह गरेका छन्।

घरपालुवा चौपायाको संख्या घटेपछि ठेकेदार मात्र होइन, पशुपालक किसानहरू पनि मर्कामा परेका छन्। लाखौँ रुपैयाँ लगानीमा बनेका हाट बजारका संरचना प्रयोगविहीन हुँदै जान थालेका छन्। यसले संरचनाको दुरुपयोग हुने खतरा पनि बढाएको छ।

गुलरियामा करिब ३ बिगाहा ६ कट्ठा ११ धुर र मधुवनमा करिब १ बिगाहा क्षेत्रफलमा हाट बजार सञ्चालन हुँदै आएको छ। यी बजारहरूबाट स्थानीय तहले राजस्व संकलन गर्दै आएको भए पनि व्यापार घटेसँगै राजस्वमा पनि प्रभाव परेको छ।

स्थानीयवासीहरू भन्छन्, "यदि स्थानीय निकायले पशुपालन प्रवर्द्धन गर्ने कार्यक्रम ल्याउन सके, बजारमा फेरि चहलपहल फर्कन सक्छ। चौपाया व्यापार फस्टाउँदा किसानको आम्दानीमा समेत सकारात्मक असर पर्नेछ।"

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार