मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

कर्णालीको शत्तीघाट नेपालकै पहिलो मत्स्य अभयारण्य घोषणा
कर्णालीको शत्तीघाट नेपालकै पहिलो मत्स्य अभयारण्य घोषणा

Rato Pen 368+ समाचार ( )
२४ पौष २०८२, शुक्रबार

होमेन्द्र थापा, बर्दिया

बर्दिया र कैलालीको सिमानामा रहेको कर्णाली नदीको शत्तीघाट क्षेत्रलाई नेपालकै पहिलो मत्स्य अभयारण्य (फिस स्याङ्च्युरी) घोषणा गरिएको छ। राजापुर नगरपालिका र टिकापुर नगरपालिकाले संयुक्त पहलमा शत्तीघाट पुल वरपरको करिब चार वर्ग किलोमिटर क्षेत्रलाई मत्स्य अभयारण्य क्षेत्र घोषणा गरेका हुन्।

स्थानीय समुदायको सहभागितामा माछा तथा अन्य जलचरको संरक्षण गर्ने उद्देश्यले अभयारण्य घोषणा गरिएको जनाइएको छ। राजापुर नगरपालिका वडा नम्बर ३ को टेडियाघाटदेखि वडा नम्बर ४ को छेदियाघाटसम्म र टिकापुर नगरपालिकाको वडा नम्बर ८ को फाँटादेखि अर्नवाघाटसम्मको क्षेत्र अभयारण्यमा समेटिएको छ। सो क्षेत्र जलीय जैविक विविधता र रैथाने माछाको प्रजननका लागि अत्यन्तै उपयुक्त मानिन्छ।

माछा विज्ञका अनुसार कर्णाली नदीमा करिब १९७ प्रजातिका माछा पाइन्छन्, जसमध्ये १३६ प्रजाति तल्लो कर्णाली क्षेत्रमा मात्र भेटिने गरेका छन्। राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारूले दुवै नगरपालिका र स्थानीयवासीको सहमतिमा अभयारण्य घोषणा गरिएको बताउनुभयो। उहाँका अनुसार तोकिएको क्षेत्रमा जाल थापेर माछा मार्न निषेध गरिएको छ भने अन्य क्षेत्रमा पनि प्रजनन समय बाहेक महाजाल, विषादी, करेन्ट र विस्फोटक पदार्थ प्रयोग गर्न पाइने छैन।

“हामीले माछाको स्वाद पाएका छौँ, हाम्रा सन्ततिले पनि पाउन भनेर यो निर्णय गरेका हौँ,” नगरप्रमुख थारूले भन्नुभयो। उहाँले माछा संरक्षणले स्थानीयलाई नै फाइदा पुग्ने र अध्ययन तथा पर्यटन विकासको सम्भावना रहेको उल्लेख गर्नुभयो।

टिकापुर नगरपालिकाका प्रमुख रामलाल डगौराले अभयारण्यलाई घोषणामै सीमित नराखी कार्यविधि बनाएर कार्यान्वयन गरिने बताउनुभयो। नदी तटीय स्थानीयको सहभागितामा १५ वटा समूह बनाएर संरक्षण कार्य सुरु गरिएको उहाँले जानकारी दिनुभयो। सांस्कृतिक परम्परालाई समेत ध्यानमा राख्दै माछाको समय चक्रअनुसार निश्चित अवधि तोकेर मात्र माछा मार्न दिइने व्यवस्था गरिने उहाँको भनाइ छ।

डब्लुडब्लुएफ नेपालका प्रतिनिधि डा. घनश्याम गुरुङले शत्तीघाट क्षेत्र नेपालकै पहिलो मत्स्य अभयारण्य भएको उल्लेख गर्दै यसले जलीय जैविक विविधता संरक्षणमा उदाहरणीय कामको सुरुआत गरेको बताउनुभयो। जलचर संरक्षणकर्मी विजय राज श्रेष्ठका अनुसार अभयारण्य लागू भएपछि कर्णाली नदी अध्ययन तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुनेछ। माछासँगै डल्फिन, ओत र घडियाल गोहीजस्ता जलचरको संरक्षणमा समेत यसले टेवा पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार