मुख्य समाचार
स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम |

ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडको २७ औँ बार्षिक साधारणसभा सम्पन्न
ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडको २७ औँ बार्षिक साधारणसभा सम्पन्न

SizTex 38+ समाचार ( )
२५ कार्तिक २०८१, आइतबार

बर्दिया, 

ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडको आर्थिक बर्ष २०८०/०८१को प्रगति तथा आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै २७ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । 

संस्थाले आर्थिक बर्ष २०८०/०८१ मा २ करोड ७१ लाख ५१ हजार ९ सय ५रुपैयाँ नाफा गरेको र ८९ करोड ६ लाख ७४ हजार ८ सय २७ रुपैयाँ लगानी गरेकोमा भाखा नागेको वा पाउनु पर्ने ब्याज ५३ लाख ३७ हजार रुपैया रहेको प्रतिबेदनमा प्रस्तुत गरिउको छ । संस्थाको जगेडा कोष ७ करोड ९१ लाख ७९ हजार रहेको, निक्षेप रकम ४४ करोड ५५ लाख ९८ हाजर ४ सय २९ रुपैयाँ र शेयर रकम ५ करोड ९२ लाख ३ हजार १ साय रहेको छ ।  

साधारण सभामा सुभकामा मन्तब्य राख्ने बक्ताहरुले सहकारीको सिद्धान्त अनुसार संचालन हुने पर्ने र ऋण लगानीय र असुलीमा ध्यान दिनु पर्ने कुरामा जोड दिनु भएको छ । साधारणसभाका प्रमुख अतिथि तथा ताराताल सानाकिसान सहकारीसंस्थाका संस्थापक अध्यक्ष तथा लुम्बिनी प्रदेशसभाका पुर्वसदस्य कुलप्रसाद पोखरेलले शेयर सदस्य तथा जनताको आयस्तर बृद्धि भएर संस्थाको पनि उन्नति प्रगति हुने पर्ने बताउनु भएको छ । संस्थाको मात्र प्रगति भएर मात्र विकास हुन सक्दैन, बिकास हुनका लागि विकास नै चाहिन्छ । त्यसैले जनताको विकास हुनु नै सहकारीको पनि विकास हुनु हो भन्नु भएको छ ।  

मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले सहकारीबाट ऋण लिएका किसान तथा सदस्यहरुले आयआर्जन गरेरमात्र ऋण तिर्ने खालको वातावरण सिर्जना गर्नु पर्ने बताउनु भएको छ । केही न केही काम गरेर मात्र सहकारीमा ऋण तिर्यो भने सबैको प्रगति हुने बताउनु भएको छ । सबै जनालाई मेहनत गरेर आयआर्जन गरे किसान, सहकारी, बैँक सबैको विकास हुने बताउनु भएको छ ।  

मधुवन नगरपालिकाका पुर्व नगरप्रमुख गणेश बहादुर केसीले सहकारीले जनताको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताउनु भएको छ । शेयर सदस्य तथा किसानहरुलाई प्रर्वधन गर्ने खालका कार्यक्रमहरु संचालन गरी सहकारीले नै कृषि र पशु प्राविधिकहरु नियुक्त गरेर किसानका घरघरमा गएर सेवा दिने खालका कार्यक्रमहरु लागु गर्न पर्ने बताउनु भएको छ । 

कार्यक्रममा मधुवन नगरपालिका नगरउप्रमुख अनिता थारुले सहकारीमा रहेका शेयर सदस्य तथा महिलाहरुको ईमानदारिता तथा लगनशिलताले यो सहकारी उकृष्ट रहेको बताउनु भएको छ । यो सहकारी एउटा सहकारी मात्र नभएर यस क्षेत्रको सहकारीहरुको अभिभावकको रुपमा रहेको बताउनु भएको छ । यस सहकारीबाट अन्यसहकारीहरुले सिक्नु पर्ने र अनुशरण गर्नु पर्ने थुप्रै कुराहरु रहेको बताउनु भएको छ । कृषि तथा पशुपालनको क्षेत्रमा आयआर्जन बढाउन सके झनै किसानहरुको आयआर्जनमा बृद्धि गर्न सकिने बताउनु भएको छ । 

सहकारी संस्थाको आवस्थाको बारेमा संस्थाकै अध्यक्ष प्रेम तिमिल्सिनाले जानकारी गराउनु भएको छ । उहाँले शेयर सदस्यहरुलाई तालिम, भ्रमण, सहकारी शिक्षा सहित सहकारीका सात सिद्धान्तको बारेमा जानकारी गराउनु कार्यक्रम गरीरहेको जानकारी गराउनु भएको छ । कार्यक्रममा बृत्तीय प्रगतिको बारेमा संस्थाका मुख्य प्रबन्धक डम्मर केसीले जानकारी गराउनु भएको छ । कार्यक्रममा सहकारी तथा बैँकका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जेष्ठ नागरिक सम्मान, एस.ई.ई.मा उकृष्ट नम्बर ल्याउने शेयर सदस्यका सन्तान, उत्कृष्ट कृषक, शेयर सदस्यहरुलाई नगद तथा सामाग्री सहित सम्मान गरेको गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार