मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

धान रोप्दै, हिलो खेल्दै बर्दियामा धान दिवस उत्सवमय
धान रोप्दै, हिलो खेल्दै बर्दियामा धान दिवस उत्सवमय

Rato Pen 368+ समाचार ( )
१५ असार २०८२, सोमबार

होमेन्द्र थापा, बर्दिया 

 राष्ट्रिय धान दिवसका अवसरमा बर्दियाको गुलरियामा धान रोप्दै, हिलो खेल्दै तथा विविध परम्परागत कार्यक्रमहरूका साथ दिवस उल्लासपूर्वक मनाइएको छ।

एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय गुलरिया, सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र कमैया महिला जागरण समाज नेपालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

‘धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा खेतमा पानी हाल्ने, जोत्नेदेखि धान रोप्ने, असारे गीत गाउने, हिले दौड, डोरी तान्ने, घैटो फोडजस्ता परम्परागत खेलहरू सञ्चालन गरिएको थियो। सहभागीहरूले खेतमै दही–चिउरा खाँदै रमाइलो गरेका थिए।विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरूलाई एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले नगद पुरस्कार प्रदान गरेको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नेपालको कृषि संस्कृति र धानको गहिरो सम्बन्धबारे उल्लेख गर्दै स्थानीय जातको संरक्षण र प्राङ्गारिक मलको प्रयोगमा जोड दिनुभयो। “स्थानीय जातको संरक्षण गर्न नसके भविष्यमा नयाँ जात विकास गर्ने सम्भावना गुम्न सक्छ,” उहाँले भन्नुभयो, “संरक्षण र व्यावसायिकता सँगसँगै अघि बढ्न आवश्यक छ।”

एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालका अनुसार बर्दिया जिल्ला धान उत्पादनमा अगाडि रहेको छ। उहाँले बताएअनुसार गत वर्ष जिल्लामा ५० हजार १ सय ५० हेक्टर क्षेत्रमा धान रोपाइँ गरिएको थियो, भने यस वर्ष हालसम्म करिब ३५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ।

“बर्दियामा हाल प्रति हेक्टर ४.७ मेट्रिक टन धान उत्पादन भइरहेको छ,” ढकालले भन्नुभयो, “उन्नत जातको बीउ प्रयोग र सिँचाइ सुविधाका कारण उत्पादन दर बढ्दो क्रममा छ।”

परम्परागत संस्कृतिको जगेर्ना गर्दै आयोजित उक्त कार्यक्रममा सहभागीहरूले खेतमै रमाइलो गरेका थिए। आयोजकका अनुसार सहभागी टोलिहरूलाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो।

कार्यक्रमले धानलाई केवल खाद्यान्न नभई संस्कृति र पहिचानको अभिन्न हिस्सा भएको सन्देश दिँदै आत्मनिर्भरतातर्फ प्रेरणा दिने उद्देश्य पूरा गरेको आयोजकहरूले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार