मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

कृषि ज्ञान केन्द्र सुनसरीले अनियमितता गर्ने गरेको कृषकको गुनाशो

Rato Pen 1+ समाचार ( )
३० जेठ २०८०, मङ्गलबार

-लुकमान अन्सारी 

इनरुवा । कृषि ज्ञान केन्द्र सुनसरीले मागमा आधारित कार्याक्रममा अनियमितता गर्ने गरेको गुनासो आएको छ । मागमा आधारित कार्यक्रममा सुनसरी जिल्ला भरिका असल कृषकहरु मध्ये २० जनालाई ५० हजारका दरले रकम वितरण गर्ने गरिएकोमा पहुँचको आधारमा कार्यक्रम दिने गरेको पाइएको कृषकहरुले गुनाशो गरेका छन् । कोशी गाउँपालिकाका स्थानीय कृषक पर्मेश्वर पडपडीले यो कार्यक्रममा व्यपाक अनियमितता हुने गरेको गुनासो गर्नुभयो । उहाँले असली कृषकलाई नभएर पहुँच र कमिसनको भरमा रकम दिने गरेको पाइएको बताउनुभयो । कृषि ज्ञान केन्द्र सुनसरीले कोशी गाउँपालिकामा १४ जनालाई कार्यक्रम दिएकोमा १० जना  कृषक नै नभएका व्यक्ति रहेको बताइएको छ । उनीहरुलाई मागमा आधारित कार्यक्रमबाट ५० हजार दिने निर्णय गरिएको छ । ज्ञान केन्द्रले कोशी गाउँपालिका वडा नम्वर ५ की मनिषा यादवलाई अनुदान दिने निर्णय गरेको छ । तर उनी हाल इनरुवामा बसोवास गरिरहेकी छन् । मनिषाका श्रीमान कर्मचारी हुन् भने मनिषा बालबच्चा र घरपरिवार हेर्ने काम गरिरहेको स्थानीय कृषक प्रमेश्वर पडपडीको भनाइ छ । यसरी नै मागमा आधारित कार्यक्रममा पहुँच र कमिसनको भरमा रकम हिनामिना गर्ने गरेको कृषक पापडीको भनाइ छ । यस बिषयमा कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निल कमल सिंहसँग प्रतिक्रिया लिँदा उहाँले रकमको चलखेल नभएको दावी गर्नुभयो । उहाँले मागमा आधारित कार्यक्रममा केहिव्यक्ति अनुदान नपाउनु पर्ने पनि परेको भने स्विकार गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार