मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

बारबर्दियाका कृषकहरुलाई टनेल समाग्री तथा तरकारी विउ विजन वितरण
बारबर्दियाका कृषकहरुलाई टनेल समाग्री तथा तरकारी विउ विजन वितरण

Rato Pen 344+ समाचार ( )
२१ पौष २०८१, आइतबार

बारबर्दिया, 

कृषि तथा पशु विकासमा आधारित साना किसान यूवा उद्यमशिलता साझेदारी परियोजना अन्र्तगत गठित स्वावलम्बि समुहका सदस्यहरुलाई टनेल समाग्री तथा तरकारी विउ विजन वितरण गरिएको छ । बारबर्दिया नगरपालिका बर्दिया र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा थारु महिला उत्थान केन्द्रको सहजीकरणमा संचालित उक्त परियोजाना अन्तरगत वितरण गरिएको हो । 

बारबर्दिया नगरपालिका २, ३, ४, ६, ७, ८, १० र ११ वडामा गठित मुल समुह र उपहार  समुहका ५० सदस्यहरुलाई टनेल सामाग्री  सेट, मलिचङ्ग प्लास्टिक, क्रेट बितरण गरिएको छ । तरकारीको विउ विजन (खुर्सानी, टमाटर, काक्रा, करेला, लौका, बोडी र फर्सि) १ सय २५ सदस्यहरुलाई बितरण गरिएको हो । परियोजनामा आबद्ध कृषि ब्यवसाय संचालन गर्ने सदस्यहरुको थप आय आर्जन अभिबृद्धि गर्ने र जिविकोपार्जनमा सुधार हुने उदेश्यले सामाग्री तथा विउ विजन वितरण गरिएको छ । 

बारबर्दिया नगरपालिकाको नगर प्रमुख छविलाल थारुले टनेल समाग्री तथा तरकारीको विउ विजन वितरणले कृषकहरुको आयआर्जन तथा जिविकोपार्जन सुधारमा सहयोग पुग्ने अपेक्षा लिनु भएको छ । बारबर्दिया नगरपालिकाको नगर प्रमुख छविलाल थारुको अध्यक्षतामा भएको बितरण कार्यक्रममा नगर उप–प्रमुख श्री रत्ना कुमारी पाण्डे, प्रमुख प्रशासकीय  अधिकृत दिपक कुमार अचार्य, वडा नं. २ का वडा अध्यक्ष तथा समाजिक विकास समितिका संयोजक रामफेरन थारु, वडा नं. ४ का वडा अध्यक्ष तथा नगर प्रबक्ता सिता राम योगी, वडा नं. ६ का वडा अध्यक्ष झग बहादुर ओलाी, वडा नं ७ का वडा अध्यक्ष ईन्द्र बहादुर चौधरी थारु, वडा नं. ९ का वडा अध्यक्ष देवेन्द्र कुमार विष्ट, वडा नं. ३ र ८ का वडा सदस्य, पशुसेवा साखा प्रमुख दिपक राज थापा र कृषि विकास साखाका प्रमुख झलक राज खड्का लगायतको सहभागिता रहेको थियो । 

उक्त परियोजना बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाको ११ वटा वडामा २२ वटा मुल समुह र ६६ वटा उपहार समुह गरी जम्मा ८८ वटा स्वावलम्बी समुह र प्रत्येक वडामा यूवा उद्यमशिलता  समुह गठन गरी परियोजना संचालन भैरहेको छ । परियोजनामा आवद्ध सदस्यहरुको क्षमता अभिबिद्धि, आयआर्जन क्रियाकलापमा आवद्ध गराउने तथा प्राविधिक सहयोग, दिगो रुपमा स्वावलम्बि समुह संचालन तथा आयआर्जन अभिबृद्धिको लागि सहकारी मार्फत विभिन्न आयमुलक क्रियाकलाप संचालन गर्न लगाउने रहेको छ । सहकारी मार्फत स्वावलम्बि समुहका सदस्यहरुले उत्पादन सामुहिक बजारीकरण गरी जिविकोपार्जनमा सुधार गर्ने उद्देश्यले यो परियोजना संचालन भएको छ । यस परियोजनामा २ हजार २ सय ६९ घरपरिवार स्वावलम्बि समुहमा आबद्ध र २ सय ५५ घरपरिवार यूवाहरु आवद्ध रहेका छन । परियोजना संचालनको लागि बारबर्दिया नगरपालिकाको ७० प्रतिशत र हेफर प्रोजेक्ट नेपालको ३० प्रतिशत गरी स्वावलम्बि समुह र यूवा समुहका सदस्यहरुको विभिन्न आयमुलक, क्षमता अभिबृद्धि, प्राविधिक सहयोग र सामाजिक पुँजी निर्माणको लागि परियोजना संचालन भएको थारु महिला उत्थान केन्द्रका परियोजना संयोजक किशोरकुमार थारुले जानकारी गराउनु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार