मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

मन्त्री तिमिल्सिनाद्वारा बारबर्दियाको सरस्वती माध्यमिक विद्यालय अवलोकन
मन्त्री तिमिल्सिनाद्वारा बारबर्दियाको सरस्वती माध्यमिक विद्यालय अवलोकन

Rato Pen 366+ समाचार ( )
१० भाद्र २०८२, बुधवार

बर्दिया । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बारबर्दिया नगरपालिका–१ मा रहेको सरस्वती माध्यमिक विद्यालयको अवलोकन तथा निरीक्षण गर्नु भएकाे छ । उहाँले विद्यालयमा प्रदेश सरकारबाट सहयोगमा सञ्चालन भएका कार्यक्रम, योजना र शैक्षिक अवस्थाबारे जानकारी लिनु भएकाे छ ।

मन्त्री तिमिल्सिनाले प्रदेश सांसद भएदेखि नै विद्यालयलाई सहयोग गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि आवश्यक कार्यक्रम तथा योजनामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयाे । उहाँले कुनै पनि बालबालिका भौतिक संरचनाको अभावका कारण पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विद्यालयलाई प्राथमिकतामा राखी बजेट विनियोजन हुँदै आएको बताउनु भयाे । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न शीर्षकमा बजेट छुट्टाइने भएकाले त्यसको कार्यान्वयनमा विद्यालय समुदाय स्वयं जिम्मेवार र सजग हुनुपर्नेमा पनि उहाँले जोड दिनु भयाे । विद्यालयका मागहरूलाई अधिकतम रुपमा सम्बोधन गर्ने प्रयास गर्ने उहाँले आश्वासन दिनु भयाे ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक ममता पाठकले विद्यालयमा भौतिक संरचनाको अभाव, माध्यमिक तहका शिक्षक दरबन्दीको कमी, गणित प्रयोगशालाको आवश्यकता र केही संरचना जीर्ण भएकाले पुनःनिर्माण आवश्यक रहेको लगायतका माग प्रस्तुत गर्नु भएकाे छ । उहाँले शैक्षिक गुणस्तर भने अघिल्ला वर्षको तुलनामा क्रमशः सुधार हुँदै गएको जानकारी दिनु भयाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमानन्द पाठकले विद्यालय सुधारका लागि निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्दै मन्त्रीको उपस्थितिले विद्यार्थी तथा विद्यालय परिवार उत्साहित भएको बताउनु भयाे । विद्यालयको योजनाहरू प्रभावकारी बनाउन निरन्तर अनुगमन आवश्यक रहेकोतर्फ पनि उहाँले ध्यानाकर्षण गराउनु भयाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार