मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बर्दियामा डल्फिन संरक्षण तालिम
बर्दियामा डल्फिन संरक्षण तालिम

Rato Pen 366+ समाचार ( )
१६ चैत्र २०८२, सोमबार

होमेन्द्र थापा, बर्दिया

डल्फिन सम्बन्धी जानकारी तथा संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बर्दियामा दुई दिने तालिम आयोजना गरिएको छ ।

“डल्फिन बचाऔं, जैविक विविधता जोगाऔं” भन्ने मूल नारासहित राष्ट्रिय प्राकृतिक संरक्षण कोष, बर्दियाको आयोजनामा आइतबारदेखि तालिम सुरु भएको हो । तालिममा कैलाली र भजनी क्षेत्रका तीन वटा सामुदायिक समितिका २१ जना महिला तथा पुरुष सहभागी भएका छन् ।

तालिममा सहभागीहरूले डल्फिनको संरक्षण, लेखा व्यवस्थापन तथा समितिका पदाधिकारीहरूको जिम्मेवारी सम्बन्धी ज्ञान हासिल गरेको बताएका छन् । तालिमले संरक्षण कार्यमा सक्रिय हुन महत्वपूर्ण सहयोग पुगेको सहभागी नरेन्द्र प्रसाद रेग्मीले बताउनु भयो । 

डल्फिन पानीमा बस्ने स्तनधारी प्राणी हो, जसलाई मानिसपछि दोस्रो चेतनशील प्राणी मानिन्छ । यसले आफ्ना बच्चालाई दूध खुवाउने, समूहमा बस्ने र समूहमै मिलेर काम गर्ने विशेषता राख्दछ ।

नेपालका कोशी, नारायणी, कर्णाली र मोहना नदीमा पाइने डल्फिन पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका लालमटिया, पथ्थरबोझी, सतीघाट र कर्णाली चिसोपानी क्षेत्रमा समेत देखिन थालेका छन् ।

गत वर्ष गरिएको गणना अनुसार मोहना नदी हुँदै कर्णालीमा मिसिने क्षेत्रमा बच्चासहित ५२ वटा डल्फिन रहेको राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्फेले जानकारी दिनुभयो ।

समुदायस्तरमा डल्फिन संरक्षण समिति गठन गरी तिनको क्षमता अभिवृद्धि गर्न यस्तो तालिम आयोजना गरिएको जनाइएको छ । संरक्षणकर्मीहरूले डल्फिन संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै