मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

गुलरियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण सम्पन्न
गुलरियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण सम्पन्न

Rato Pen 344+ समाचार ( )
१३ श्रावण २०८३, बुधवार

गुलरिया, साउन १२। गुलरिया नगरपालिकामा वडा विपद् व्यवस्थापन समितिका पदाधिकारीहरूका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

प्राक्टिकल एक्सन नेपाल, मेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप), क्लाइमेट रेजिलिएन्स एलायन्स (Climate Resilience Alliance) तथा स्विस रे फाउन्डेसन (Swiss Re Foundation) को सहयोगमा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम’ अन्तर्गत उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको सभाध्यक्षता गुलरिया नगरपालिकाकी नगर उपप्रमुख सावित्रा गौतमले गर्नुभएको थियो भने प्रमुख अतिथि गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी रहनुभएको थियो। कार्यक्रममा वडा स्तरीय विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरू, नगर प्रहरी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अभिमुखीकरणमा विपद् आउनुअघि गर्नुपर्ने पूर्वतयारी, वडा विपद् व्यवस्थापन समितिको भूमिका र जिम्मेवारी, स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणका उपाय, समुदायमा आधारित विपद् पूर्वतयारी, जलवायु परिवर्तनका प्रभाव तथा अनुकूलनका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष सावित्रा गौतमले विपद् व्यवस्थापनमा वडा तहको सक्रियता र समुदायको सहभागिता अपरिहार्य रहेको बताउँदै प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

त्यसैगरी प्रमुख अतिथि कृष्णप्रसाद जैसीले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, प्रभावकारी समन्वय र स्थानीय स्रोत–साधनको उचित परिचालन आवश्यक रहेको उल्लेख गर्दै वडा विपद् व्यवस्थापन समितिलाई जिम्मेवार र सक्रिय रूपमा परिचालन हुन आग्रह गर्नुभयो।

आयोजकका अनुसार वडा स्तरीय विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्धि गर्दै जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण र सुरक्षित तथा उत्थानशील समुदाय निर्माण गर्ने उद्देश्यले उक्त अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार