मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

कुशुम्बा देवी सहकारीको सहभागितामा मधुवनमा लैङ्गिक हिंसा विरुद्ध प्रभातफेरी सम्पन्न
कुशुम्बा देवी सहकारीको सहभागितामा मधुवनमा लैङ्गिक हिंसा विरुद्ध प्रभातफेरी सम्पन्न

Rato Pen 366+ समाचार ( )
९ मंगशिर २०८२, बुधवार

मधुवन, बर्दिया।
“प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ ! हिंसामुक्त समाज निर्माणमा क्रियाशील बनौँ !!” भन्ने मूल नारासहित मधुवन नगरपालिकाले आज प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आयोजित उक्त कार्यक्रम स्थानीय स्तरमा उत्साहपूर्वक सम्पन्न भएको हो।

कार्यक्रममा कुशुम्बा देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सक्रिय सहभागिता जनाएको छ। सहकारी संस्था लैङ्गिक हिंसा अन्त्य, महिला अधिकार संरक्षण तथा समुदायमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित अभियानमा सहभागी भएको जनाएको छ। उपस्थित महिला तथा स्थानीय समुदायलाई हिंसा विरुद्ध सशक्त भूमिका निभाउन प्रेरित गर्नु सहकारीको मुख्य उद्देश्य रहेको बताइएको छ।

प्रभातफेरीमा सहभागीहरूले हातमा प्लेकार्ड तथा नारा बोकेर प्रविधिको सुरक्षित र सकारात्मक प्रयोग, लैङ्गिक हिंसा नियन्त्रण, महिला–बालिका संरक्षण तथा हिंसामुक्त समाज निर्माणका सन्देशहरू प्रचार–प्रसार गरेका थिए। शहरका विभिन्न क्षेत्रमा नाराजुलूस गर्दै सहभागीहरूले स्थानीयवासीलाई लैङ्गिक हिंसाविरुद्ध जागरूक हुन आह्वान गरेका थिए।

आयोजकका अनुसार अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउन सामूहिक प्रयास अपरिहार्य रहेको र स्थानीय तह, समुदाय तथा संस्थाहरूको सहभागिता प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार