मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

जातीय विभेदविरुद्ध उजुरी आए कानुनी कारबाही हुन्छ ः प्रमुख जिल्ला अधिकारी हमाल
जातीय विभेदविरुद्ध उजुरी आए कानुनी कारबाही हुन्छ ः प्रमुख जिल्ला अधिकारी हमाल

Rato Pen 366+ समाचार ( )
७ चैत्र २०८२, शनिबार

होमेन्द्र थापा, बर्दिया

बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी उजुरी आएमा कानुनअनुसार कडाइका साथ कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सनीबार गुलरियामा आयोजित जातीय छुवाछुत भेदभावविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा हमालले नेपालको ऐतिहासिक सन्दर्भमा “चार जात छत्तिस वर्ण” भन्ने अवधारणाले समाजमा विभाजन सिर्जना गरेको उल्लेख गर्दै त्यस्तो सोच शासक वर्गको गलत प्रयासको परिणाम भएको बताउनुभयो । वर्तमान अवस्थामा यस्तो विभेद अस्वीकार्य भएको उल्लेख गर्दै उहाँले संविधानमै जातीय भेदभाव तथा छुवाछूत निषेध गरिएको र त्यसअनुसार कानुनी व्यवस्था लागू भएको जानकारी दिनुभयो ।

उहाँले जिल्लामा सरकारी तथा गैरसरकारी निकायमा हुने विभेदका घटनाको तथ्यांक संकलन भए सुधारका लागि थप प्रभावकारी कदम चाल्न सकिने बताउनुभयो । “पहिलेको तुलनामा अहिले विभेदका घटना कम भएका छन्, तर अझै पूर्ण रूपमा अन्त्य गर्न समाजका सबै पक्ष सक्रिय हुनुपर्छ,” उहाँले भन्नुभयो । जातीय विभेद अन्त्यका लागि व्यक्तिको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो ।

गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले अझै पनि समाजमा छुवाछुतको समस्या विद्यमान रहेको औंल्याउँदै यसको अन्त्यका लागि गाउँस्तरमै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । “यस्ता कार्यक्रम शहरभन्दा गाउँघरमा अझ आवश्यक छन्,” उहाँले भन्नुभयो ।

त्यसैगरी, बर्दिया जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष खडानन्द तिवारीले कानुनले जातीय आधारमा कुनै पनि विभेद नगर्ने स्पष्ट व्यवस्था गरेको बताउनुभयो । “कानुनको दृष्टिमा सबै नागरिक समान हुन्, जातका आधारमा विभेद भए कानुनी कारबाही हुन्छ,” उहाँले भन्नुभयो ।

दलित महिला संघकी अध्यक्ष हिमा सुनारले न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दलित समुदायले वर्षौंदेखि भोग्दै आएको विभेद अन्त्य हुनुपर्ने उल्लेख गर्दै जातीय आधारमा बनेको विभाजनको रेखा मेट्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले समाजमा हुने विभेदका विरुद्ध पत्रकारहरूले निरन्तर कलम चलाउँदै आएको बताउनुभयो । “पत्रकारहरूले समाजका गतिविधि नजिकबाट नियालेर तटस्थ रूपमा प्रस्तुत गर्दै आएका छन्,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार