मुख्य समाचार
स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता |

लेटाङमा वडास्तरबाट जनश्रमदान अभियान सुरु, चिसाङ तटबन्धनमा जुटे वडावासी

Rato Pen 1+ समाचार ( )
१९ असार २०८०, मङ्गलबार

मोरङ । लेटाङ नगरपालिका वडा नम्बर २ ले खोला तटबन्धनका लागि जनश्रमदान अभियान सुरु गरेको छ । लेटाङ नगरपालिका वडा नम्बर २ को आह्वानमा स्थानीय चिसाङ खोलामा तटबन्धन गर्न जनश्रमदान अभियान सुरु गरिएको हो । चिसाङ खोलाको पश्चिमतर्फ लेटाङ वडा नम्बर १ र २ को सिमानामा खोलाले जमिन कटान गरेर बस्तिमा पस्ने जोखिम बढेपछि वडा कार्यालयले वडावासीलाई जनश्रमदानका लागि आह्वान गरि मंगलबारदेखि जनश्रमदान अभियान थालिएको हो ।

वडाका हरेक टोललाई पालै पालो जनश्रमदानका लागि आह्वान गरिएकोमा पहिलो दिन मंगलबार लाफा टोल र किराँत टोल लगायत अन्य संघसंस्थाका प्रतिनिधि समेत गरेर ३ सय जनाको सहभागीतामा श्रमदान सुरु गरिएको हो । श्रमदानको लागि २÷२ बटा टोलहरुलाई फरक फरक दिन मिलाएर आउन सूचना जारी गरेको वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले जानकारी दिनुभयो । लेटाङ नगरपालिकाले २ सय थान जाली उपलब्ध गराए पनि तटबन्ध निर्माण गर्न बजेट अभाव भएपछि जनश्रमदानबाट अति जोखिम क्षेत्रमध्ये ४ सय मिटर खण्डमा तटबन्धन गर्न थालिएको वडाध्यक्ष तिम्सिनाले बताउनुभयो ।

 आगामी दिनमा आउने सम्भाबित जोखम कम गर्न र सामाजिक कार्यमा अपनत्वको भावना जागृत गराउन जनश्रमदान अभियान सुरु गरिएको वडाध्यक्ष तेज प्रसाद तिम्सीनाको भनाइ छ । परम्पारगत रुपमा कुलो पैनी झोड्ने, पैनीमा खोलाबाट पानी उठाउने, बाटो सरसफाई गर्ने जस्ता कार्यमा श्रमदान गर्ने चलन रहिआएकोमा सोही कुरालाई पुन जागृत गराउँदै जनश्रमदान अभियान थालिएको उहाँको भनाइ छ । जोखिम नियन्त्रण पनि हुने बजेट पर्खिरहनु पनि नपर्ने भएकाले यस्ता प्रकारका विकासका काममा जनश्रमदान नै प्रभावकारी र छिटो हुने भएकाले नगरपालिकाले यसतर्फ जोड दिनुपर्ने वडाध्यक्ष तिम्सिनाको भनाइ छ ।

यसैबीच जनश्रमदानमा मोरङ क्षेत्र नम्बर १ का सांसद् तथा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बू पनि सहभागी हुनु भएको छ । गृहनगर मोरङ आएको मौकामा मन्त्री लम्बूले पनि श्रमदनमा ऐक्यवद्धता जनाउनु भएको हो । श्रमदानमा लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावती, उपप्रमुख कृष्ण कुमारी निरौला, प्रमुख प्रशासकिय अधिकृत नारायण न्यौपाने लगायतले पनि सहभागिता जनाउनु भएको थियो । 

यता वडा नम्बर ३ ले पनि चिसाङ खोलाको पूर्वतर्फ खोलाको जोखिममा रहेको क्षेत्रमा जनश्रमदान अभियान सुरु गर्ने तयारी गरेको छ । लेटाङ ३ का वडाध्यक्ष डम्बर राईले जेठ तिरै श्रमदानबाट तटबन्ध निर्माण थाल्ने योजना रहेको भएपनि जाली आउन ढिला भएकाले अब सुरु गर्न लागिएको जानकारी दिनुभयो ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार