मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

जोताहा किसानद्वारा वडा कार्यालयमा तालाबन्दी
जोताहा किसानद्वारा वडा कार्यालयमा तालाबन्दी

Rato Pen 368+ समाचार ( )
१० असार २०८२, बुधवार

होमेन्द्र थापा,

गुलरिया | असार ११ गते

बर्दियाको गुलरिया नगरपालिका–१ का जोताहा किसानहरूले आफ्नो वडा कार्यालयमा तालाबन्दी गरेका छन्। वर्षौंदेखि जोतभोग गर्दै आएको जग्गा अर्कैको नाममा नामसारी गरिएको भन्दै आक्रोशित किसानहरूले मंगलबार दिउँसो करिब १ बजे वडा कार्यालयको मूल गेटमा ताला लगाएका हुन्।

करीब ५०–६० जनाको समूहमा आएका किसानहरूले वडा कार्यालयले नक्कली सिफारिस दिएर बाहिरी जिल्लाका व्यक्तिको नाममा जग्गा पास गरिदिएको आरोप लगाएका छन्। तालाबन्दीका कारण कार्यालयमा कार्यरत ३–४ जना कर्मचारी झन्डै चार घण्टासम्म कोठाभित्र थुनिए, जसलाई पछि प्रहरीले उद्धार गरेको थियो।

किसानहरूका अनुसार २०४२ सालमा राष्ट्रिय निकुञ्जमा समेटिएका सानोश्री क्षेत्रका पीडितलाई सट्टाभर्नाको रूपमा सो स्थानमा राखिएको थियो। त्यहीबेलादेखि करिब २५–२६ घरधुरीले सो क्षेत्रको जग्गामा बसोबास र जोतभोग गर्दै आएका थिए। भूमि सम्बन्धी समस्या समाधान आयोगमार्फत निस्सा समेत प्राप्त भइसकेको र वडा कार्यालयबाट जोतभोग प्रमाणित सिफारिससमेत भइसकेको अवस्थामा बाहिरी व्यक्तिको नाममा मालपोत पास हुनु अन्यायपूर्ण रहेको उनीहरूको गुनासो छ।

“२०४२ सालदेखि जोतभोग गर्दै आएको जमिन अर्कैको नाममा पास भयो,” किसान मानबहादुर सुनारले भने, “त्यसमा वडा कार्यालयकै सिफारिस छ। त्यसैले विरोध स्वरूप हामीले तालाबन्दी गरेका हौं।”

पीडित ममता गौतमका अनुसार कुशदेव गौतम, प्रताप गौतम र नारायण गौतमलगायत किसानहरूले चार दशकदेखि घरबास र जोतभोग गर्दै आएको जमिन असार ४ गते रुकुमकी चन्द्री सुनारको नाममा पास भएको जानकारी मालपोत कार्यालय गुलरियाबाट प्राप्त भएको हो।

“वर्षौंदेखि पसिना बगाएको जमिन कसरी अरुको नाममा पास हुन्छ?” किसान प्रताप कुमार गौतम प्रश्न गर्छन्, “न्यायको पर्खाइमा समाजको हेपाइ सहनु परेको छ। राज्यबाट पाउने सेवा–सुविधाबाट समेत बञ्चित छौं।”

स्थानीय ज्ञानबहादुर वली भन्छन्, “पटक–पटक सम्बन्धित निकायमा आवाज उठाए पनि हालसम्म समाधान हुन सकेको छैन। राज्यले जोताहा किसानको पीडा बुझ्न सकेको छैन। अब धैर्यको सीमा नाघिसक्यो।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार