मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

मानव बेचबिखन तथा लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
मानव बेचबिखन तथा लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

Rato Pen 344+ समाचार ( )
९ असार २०८३, मङ्गलबार

बर्दिया, असार ९ । मधुवन नगरपालिका–३, धनौरास्थित नेरा माध्यमिक विद्यालयमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

मधुवन नगरपालिका वडा नं. ३ कार्यालय, बर्दियाको आयोजनामा तथा सामुदायिक रेडियो रामज्ञानु ८९ मेगाहर्जको समन्वयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई मानव बेचबिखन, ओसारपसार तथा लागू औषध दुर्व्यसनका जोखिम र त्यसबाट बच्ने उपायबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता रामज्ञानु एफएमका स्टेशन म्यानेजर शितल थापाले गर्नुभएको थियो। कार्यक्रममा मधुवन नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख इन्द्रा चुनाराले मानव बेचबिखन तथा ओसारपसारको वर्तमान अवस्था, यसका कारण, प्रभाव तथा रोकथामका उपायहरूबारे सहजीकरण गर्नुभएको थियो। उहाँले मानव बेचबिखन जस्तो जघन्य अपराधको अन्त्यका लागि परिवार, विद्यालय, समुदाय तथा सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो।

त्यसैगरी, इलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक शैलेन्द्रकुमार खड्काले लागू औषध दुर्व्यसन तथा यसको ओसारपसारका विषयमा सहजीकरण गर्दै लागू पदार्थको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे जानकारी दिनुभयो। उहाँले युवापुस्तालाई लागू औषधबाट टाढा रहन आग्रह गर्दै सचेत र जिम्मेवार नागरिक बन्न प्रेरित गर्नुभयो।

“लागू औषध दुर्व्यसन छोडौं, जीवन बचाऔं” तथा “मानव बेचबिखन अन्त्य गरौं, सम्मानजनक समाज निर्माण गरौं” भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा विद्यालयका एक सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले मानव बेचबिखन तथा लागू औषध दुर्व्यसन सम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गरेको बताउँदै यस्ता सचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

आयोजक पक्षले लागू औषध रहित तथा मानव बेचबिखनमुक्त समाज निर्माणका लागि आगामी दिनमा समेत यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार