मुख्य समाचार
स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता |

बारबर्दियामा परिवार केन्द्रित सामुदायिक स्वास्थ्य कार्यक्रम लागू
बारबर्दियामा परिवार केन्द्रित सामुदायिक स्वास्थ्य कार्यक्रम लागू

Rato Pen 345+ समाचार ( )
३ असार २०८३, बुधवार

होमेन्द्र थापा, बर्दिया

समुदायस्तरमै स्वास्थ्य सेवा प्रभावकारी बनाउने उद्देश्यका साथ बारबर्दिया नगरपालिकामा चालु आर्थिक वर्ष २०८२/0८३ देखि परिवार केन्द्रित सामुदायिक स्वास्थ्य कार्यक्रम लागू गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले सञ्चालन गर्दै आएको यो कार्यक्रम यसअघि देशका विभिन्न स्थानीय तहमा नमूना कार्यक्रमका रूपमा लागू भइसकेको छ।

परिवारका प्रत्येक सदस्यको स्वास्थ्य अवस्था, जोखिम तथा आवश्यकता सम्बन्धी तथ्याङ्क संकलन गरी नियमित अनुगमन गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालनमा ल्याइएको हो। सुरक्षित मातृत्व, नवजात शिशु, बाल स्वास्थ्य, किशोर–किशोरी स्वास्थ्य, प्रजनन स्वास्थ्य, नसर्ने तथा सर्ने रोगको रोकथाम, ज्येष्ठ नागरिकको स्वास्थ्य संरक्षण लगायतका सेवालाई समुदायस्तरसम्म विस्तार गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले जानकारी दिनु भयो । 

बारबर्दिया नगरपालिकामा २०८२ भदौं महिना देखी लागु भएको हो । यस पालिकामा ११ वटा वडाहरुमा ११ जनै वडाको नर्सहरु रहेको र एक जना सामुदायिक स्वास्थ्य अधिकृत रहेको स्वास्थ्य अधिकृत ऐलिशा गौतमले बताउनु भयो । सामुदायिक नर्सहरूले समुदायमा घरभेट, स्वास्थ्य परीक्षण, स्वास्थ्य शिक्षा तथा तथ्याङ्क अद्यावधिक गर्ने जिम्मेवारी निर्वाह गर्दैआइरहेका छन । 

यस कार्यक्रमअन्तर्गत प्रत्येक परिवारको स्वास्थ्य विवरण अभिलेखीकरण गरिएको छ । समुदायमै पुगेर स्वास्थ्यकर्मीले रक्तचाप, मधुमेह, तौल, पिसाब तथा रगतमा चिनीको मात्रा जाँचजस्ता प्रारम्भिक स्वास्थ्य परीक्षण गर्दैआईरहेकाछन। परीक्षणका क्रममा समस्या देखिएका व्यक्तिलाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा प्रेषण गरिने व्यवस्था गरिएको छ।

स्वास्थ्य प्रवद्र्धन तथा रोग रोकथामलाई प्राथमिकता दिँदै कार्यक्रमले स्वस्थ जीवनशैली अपनाउन, सन्तुलित आहार सेवन गर्न तथा नियमित स्वास्थ्य परीक्षण गर्न समुदायलाई प्रेरित गर्नेछ। साथै स्वास्थ्य बीमामा सहभागिता बढाउने तथा नवीकरणका लागि परामर्श सेवा समेत प्रदान गरिनेछ।

जीवनपथ अवधारणामा आधारित कार्यक्रमले गर्भवती, सुत्केरी, नवजात शिशु, बालबालिका, किशोर–किशोरी, वयस्क तथा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने लक्ष्य राखेको छ। समुदायमा रहेका स्वास्थ्य जोखिमको शीघ्र पहिचान गरी समयमै उपचारको पहुँच सुनिश्चित गर्न कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ।

स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ मा मधेश प्रदेशको बर्दिबास नगरपालिका र बागमती प्रदेशको भक्तपुर नगरपालिकाबाट कार्यक्रम सुरु गरेको थियो। त्यसपछि चन्द्रागिरी नगरपालिका, वालिङ नगरपालिका र इटहरी उपमहानगरपालिकामा विस्तार गरिएको कार्यक्रम यस वर्ष बारबर्दिया नगरपालिकामा थप गरिएको हो।

स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीचको समन्वयमार्फत घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने तथा रोगको प्रारम्भिक चरणमै पहिचान गरी उपचारमा पहुँच बढाउने लक्ष्यसहित कार्यक्रम सञ्चालनमा आएको छ। यसबाट समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि हुनुका साथै समग्र जनस्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार