मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

मेयरकप फुटबलमा छात्रा तर्फको विजेता सिम्हा मावि बेलभार
मेयरकप फुटबलमा छात्रा तर्फको विजेता सिम्हा मावि बेलभार

SizTex 41+ समाचार ( )
२२ कार्तिक २०८२, आइतबार

बारबर्दिया, कार्तिक २३  – बारबर्दियामा जारी छैठौं मेयरकप फुटबल प्रतियोगिताको छात्रा तर्फको उपाधि सिम्हा माध्यमिक विद्यालय, बारबर्दिया–११ बेलभारले जितेको छ । उपविजेता जनज्योति माध्यमिक विद्यालय, बारबर्दिया–९ बनगाईं बनेको छ ।

वडा नम्बर ७ घुस्रास्थित खेलमैदानमा भएको फाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा सिम्हा माविले ४–२ गोलको अन्तरले जित हासिल गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।

यसैगरी, छात्रतर्फको अन्तिम खेल भोलि सोमबार बिहान ८ बजेबाट जनता माध्यमिक विद्यालय रम्मापुरको पाँच नम्बर खेलमैदानमा हुने आयोजकले जानकारी दिएको छ ।

बारबर्दिया नगरपालिकाको आयोजनामा र जनता माध्यमिक विद्यालय, रम्मापुरको संयोजनमा कार्तिक २१ गते शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा बारबर्दियाका दुई संस्थागत र १४ सामुदायिक माध्यमिक विद्यालय सहभागी रहेका छन् । प्रतियोगिता भोलि सम्पन्न हुने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार