मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

बर्दियामा ‘स्व. कृष्णप्रसाद बस्याल स्मृति स्कुल कप–२०८२’ क्रिकेट प्रतियोगिता सुरू
बर्दियामा ‘स्व. कृष्णप्रसाद बस्याल स्मृति स्कुल कप–२०८२’ क्रिकेट प्रतियोगिता सुरू

Rato Pen 368+ समाचार ( )
२० मंगशिर २०८२, आइतबार

होमेन्द्र थापा, बर्दिया

जिल्ला क्रिकेट संघ बर्दियाले ‘स्व. कृष्णप्रसाद बस्याल ‘राकेश’ स्मृति स्कुल कप–२०८२’ क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ। बर्दियाको सदरमुकाम गुलरियास्थित कबडाहल मैदानमा मंसिर २१ गतेदेखि प्रतियोगिता औपचारिक रूपमा सुरू गरिएको हो।

प्रतियोगितामा जिल्लाका १० विद्यालयका समूहगत टिम सहभागी छन्। समूह विभाजन यसप्रकार छः
समूह (ए) : जनज्योति सेकेन्डरी बोर्डिङ स्कूल गुलरिया, सनराइज स्कूल गुलरिया
समूह (बी) : जनता माध्यमिक विद्यालय बारबर्दिया, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँसगढी
समूह (सी) : शम्भुशरण माध्यमिक विद्यालय खैरापुर, बंगलामुखी माध्यमिक विद्यालय गुलरिया, महाकवि देवकोटा माध्यमिक विद्यालय गुलरिया
समूह (डी) : बागेश्वरी सेकेन्डरी बोर्डिङ स्कूल गुलरिया, कोटही माध्यमिक विद्यालय गुलरिया, गौरीशंकर डल्लापुर गुलरिया

पत्रकार भेटघाटमार्फत आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिता टी–२० ढाँचामा, आईसीसी नियमअनुसार, लेदर बल प्रयोग गरी खेलाइनेछ। प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थी मात्र सहभागी हुन पाउनेछन्। प्रत्येक विद्यालयबाट १४ खेलाडी, एक व्यवस्थापक र एक कोच सहभागी गराउनुपर्नेछ। टिमहरूले अनिवार्य रूपमा कलर जर्सी प्रयोग गर्नुपर्ने नियम पनि छ।

प्रतियोगिताका पुरस्कारहरू यसप्रकार रहेका छन्–

  • विजेता टिम : रु. २० हजार ५

  • उप–विजेता : रु. १० हजार ५

  • म्यान अफ द म्याच : रु. ५००

  • म्यान अफ द सिरिज : रु. ५,०००

  • बेस्ट बलर : रु. १,५००

  • बेस्ट ब्याट्सम्यान : रु. १,५००

जिल्ला क्रिकेट संघका अनुसार खेलाडीको क्षमता विकास, मनोबल वृद्धि तथा स्कुल तहमै प्रतिभा पहिचान गर्ने उद्देश्यले संघले समय–समयमा यस्ता प्रतियोगिताहरू आयोजना गर्दै आएको छ। संयोजक सिद्धार्थ श्रेष्ठले स्कुल स्तरका प्रतियोगिताले जिल्लामा नयाँ प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार