मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

एमाले कोशी प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौट अन्तिम चरणमा

Rato Pen 1+ समाचार ( )
६ अशोज २०८०, शनिबार

मोरङ । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनका लागि प्रतिनिधि छनौटको कार्य अन्तिम चरणमा पुगेको छ । असोज १२ र १३ गते विराटनगरमा हुन लागेको प्रथम प्रदेश अधिवेशनका लागि कोशी प्रदेशका १४ जिल्लाका भूगोल र जनसंगठनबाट प्रतिनिधि छनौट गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

हालसम्म कोशी प्रदेशका १४ जिल्ला मध्ये १२ जिल्लाबाट प्रतिनिधि छनौट सम्पन्न भएको छ  अधिवेशनका लागि कोशी प्रदेशका १४ जिल्ला, जनसंगठन र मनोनीत गरेर १ हजार ४७ जना प्रतिनिधिहरू चयन हुनेछन् । 

   ताप्लेजुङबाट ४८, पाँचथरबाट ३०, इलामबाट ७७, झापाबाट १ सय ८१, संखुवासभाबाट ३९, तेह्रथुमबाट ४३, भोजपुरबाट २७, धनकुटाबाट ७२, सुनसरीबाट ९६, मोरङबाट १ सय ७८, सोलुखुम्बुबाट १६, ओखलढुंगाबाट ४२, खोटाङबाट ५६, उदयपुरबाट ३६ जना र जनसंगठनबाट ५६ र मनोनीत ५० जना प्रतिनिधि छनोट हुने छन् ।

जसमध्ये  भूगोलबाट ९ सय ६२ जना, युवाबाट ५३, मजदुरबाट ३२ जना प्रतिनिधि छनोट हुँदा ३ सय ३४ जना भने महिला प्रतिनिधि छनौट हुने छन् ।

संघीय संरचना अन्तरगत प्रदेश निर्माण भएपछि नेकपा एमालेले पहिलोपटक अधिवेशनमार्फत नेतृत्व चयन गर्न लागेको हो । कोशी प्रदेश अध्यक्षका लागि मोरङका घनश्याम खतिवडा, विनोद ढकाल, संखुवासभाका तुलशी न्यौपाने र धनकुटाका टीकाराम चेम्जोङ आकांक्षी रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार