मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

नेम्वाङको किराँत संस्कृतिअनुसार विहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

Rato Pen 1+ समाचार ( )
२६ भाद्र २०८०, मङ्गलबार

काठमाडौं ।  संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङका छोरा बुधबार अपराह्न मात्रै नेपाल आइपुग्ने भएकाले बिहीबार अन्त्येष्टि गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि उहाँको पार्थिव शरीर बालुवाटारस्थित नेम्वाङको निवासमा लगिने छ । पार्थिव शरीरलाई घरमा लगेपछि किराँत संस्कृतिअनुसार गर्नुपर्ने कार्य गरिने छ । नेम्वाङको अन्त्येष्टि भने पशुपति आर्यघाटमा गरिने बताइएको छ ।

सरकारले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संविधान निर्माणमा पु¥याएको योगदानको कदर गर्दै राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

यस्तै उहाँको अन्त्येष्टि हुने दिन देशभर शोक बिदा दिने निर्णय सरकारले गरेको छ । जसअनुशार विहीबार नै शोक विदा हुने देखिएको छ । ७१ वर्षीय नेम्वाङको हृदयघातका कारण सोमबार राति निधन भएको थियो। उहाँका दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया

JasRaj Rai २६ भाद्र २०८०, मङ्गलबार

हार्दिक समबेदना।सोकाकुल परिवारमा धैर्य धारण गर्ने सक्ति मिलोस। अर्को अलिकति नबुझेको कुरा किरात सस्कार अनुसार अन्त्यस्टि गर्ने भन्ने कुरा गर्या छ अनि पसुपति आर्यघाटमा कसरि किरात संस्कार अनुसार गरिन्छ???? यो तोडमोड गरिदैछ है किरात सस्कार प्रति।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार