मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

भूकम्पका कारण बझाङमा छ जना घाइते, दर्जनौं संरचनामा क्षति

Rato Pen 1+ समाचार ( )
१६ अशोज २०८०, मङ्गलबार

मोरङ । आज दिउँसो गएको भूकम्पका कारण बझाङमा छ जना घाइते भएका छन् । मंगलबार दिउँसो चैनपुर केन्द्रविन्दु भएर आएको भूकम्पका कारण छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेश चौधरिले जानकारी दिनुभयो । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । राजमार्गका ठाउँठाउँमा पहिरो जाँदा गाडी आवतजावत रोकिएको छ । बझाङ सहितका केही जिल्लामा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

स्थानीयका अनुसार अहिलेसम्म भूकम्पबाट दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालयहरु र घरहरु भत्किएका छन् । ३ बजेर ६ मिनेट जाँदा बझाङको तालकोट केन्द्रबिन्दु भएर भूकम्प थियो ।

भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प जाँदा तलकोट गाउँपालिकामा क्षति पुर्याएको छ । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार