मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

सामुदायीक कुकुरहरुको बन्ध्याकरण गर्दै लेटाङ नगरपालिका

Rato Pen 1+ समाचार ( )
८ अशोज २०८०, सोमबार

लेटाङ । लेटाङ नगरपालिकाले सामुदायीक कुकुरहरुको बन्ध्याकरण तथा रेविज खोप कार्यक्रम सुरु गरेको छ । सामुदायिक कुकुरहरुको कारण रेबिज रोगको जोखिम तथा सवारी दुर्घटना समेत बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि नगरपालिकाले बन्ध्याकरण तथा रेविज खोप कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रम अन्तरगत नगरका विभिन्न ठाउँमा रहेका सामुदायीक कुकरहरुलाई नगर प्रहरी परिचालन गरि नियन्त्रणमा लिएर पशु अस्पतालमा लगेर बन्ध्याकरण गरि रेविज खोप लगाइने नगर प्रमुख भूपेन्द्र कुमार लावतीले जानकारी दिनुभयो । 

यसैगरि नगरवासीले समेत आफ्नो गाउँ टोलमा भएका सामुदायीक कुकुरलाई पशु अस्पतालमा ल्याएर सहयोग गर्न सक्ने उहाँको भनाइ छ । नगर प्रमुख लावतीले सम्पूर्ण नगरवासीहरुलाई नगरको यो कार्यक्रममा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

असोज ७ गतेदेखि यो कार्यक्रम सुरु भएकोमा हालसम्म २५ वटा कुकुरहरुको बन्ध्याकरण गरि रेबिज खोप लगाइ सकिएको लेटाङ पशु अस्पतालका पशु चिकित्सक डा. सम्भव घिमिरेले जानकारी दिनुभयो । कार्यक्रम लेटाङ नगरपालिकाको पशु अस्पतालमा असोज १२ गतेसम्म संचालन हुने छ । कार्यक्रमको बारेमा नगरवासीलाई जानकारी गराउन नगरपालिकाले वडा वडामा माइकिङ गरि प्रचार प्रसार समेत गरिरहेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार