मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

बारबर्दियामा योजना तर्जुमा प्रक्रिया सम्बन्धी अन्तरक्रिया
बारबर्दियामा योजना तर्जुमा प्रक्रिया सम्बन्धी अन्तरक्रिया

Rato Pen 344+ समाचार ( )
१७ जेठ २०८१, बिहीबार

बारबर्दिया, 

आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि योजना तर्जुमा तथा बजेट निर्माण प्रक्रियालाई सहज बनाउनका लागि बारबर्दिया नगरपालिका वडा नम्बर ५ को जब्दहवामा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको छ ।  बारबर्दिया नगरगरिक समाज संजालको आयोजना तथा प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावारणीय बिशिष्टता समुह (बि गू्रप) बाँकेद्धारा संचालित बाल विवाह न्युनिकरण परियोजनाको आर्थिक सहयोग र वडा नम्बर ५को समन्वयमा योजना निर्माण प्रक्रिया सम्बन्धी अन्तरक्रिया गरिएको हो । 

छलफलमा स्थानीय सरोकारवाला तथा बरघरहरुले टोल समुदायमा रहेका कुरीति कुसंस्कारलाई हाताउने खालका कार्यक्रमहरु ल्याउनु पर्ने बताउनु भएको छ । समुदायमा समस्याको रुपमा रहेको बाल विवाह, लागुपदार्थ दुरव्यसनी, बहुविवाह अन्त्य हुने खालका कार्यक्रम आगामी आर्थिक बर्षमा संचालन गर्नु पर्ने बताउनु भएको छ । स्वास्थ्य, शिक्षा, युवाहरुलाई रोजगारी तथा ब्यबसायिक कार्यक्रममा सहयोग पुग्ने शिपमुलक कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको औल्याउनु भएको छ । सिंचाई, बाटोघाटो निर्माण, महिला सशक्तीकरण, बालसंरक्षण, युवाहरुको खेलकुदमा विकास हुने खालका कार्यक्रमहरु पनि आवश्यक रहेको बताउनु भएको छ । 

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष लालबहादुर चौधरीले विपन्न वर्गको उत्थान हुने खालका कार्यक्रमलाई योजना तथा कार्यक्रमको लागि बस्ती स्तरको योजना छनौट प्रक्रियामा प्राथमिकतामा पार्न सुझाव दिनु भएको छ । वडा स्तरबाट सम्पन्न हुने खालका कार्यक्रमहरु वडा स्तरका लागि र ठूला योजनाहरु प्र्रदेश तथा संघ सरकारसंग माग गर्नु पर्ने भएकोले बस्ती स्तरबाट आएका योजनाहरुलाई सिफारिश गरेर अगाडी पठाईदिने बताउनु भएको छ । 

बारबर्दिया नागरिक समाजसंजालका संयोजक शंकर थारुले जनचासोको बिषयलाई लिएर बिभिन्न बिषयमा छलफल गर्ने क्रममा योजना तर्जुमा प्रक्रियाको समय आईरहेको बेलामा बजेट निर्माणको बिषयमा छलफल कार्यक्रम गरेको बताउनु भएको छ । समाजमा रहेको कुरीति कुसंस्कारलाई न्युनिकरण गर्नका लागि पनि विविध कार्यक्रमहरु संचालन गरिरहेको जानकारी गराउनु भएको छ । 

बारबर्दिया नागरिक समाज संजालका सदस्य गंगाराम पाठकले आवश्यकता अनुसारको बस्ती स्तरको योजना माग गर्न सुझाव दिनु भएको छ । भौतिक विकाससंगै सामाजिक विकासका कार्यक्रमहरुलाई पनि प्राथकिकतामा पार्न सके राम्रो हुने उहाँको सुझाव रहेको थियो ।

बि ग्रुपकी सुपरभाईजर सुनिता चौधरीले वडाले बाल विवाह न्युकिरणका क्षेत्रमा काम गरिरहेकोले बाल विवाह अन्त्य र त्यसको निरन्तरताको लागि सहयोग पुग्ने खालका कार्यक्रमहरु योजना छनौटमा गर्नु पर्ने बताउनु भएको छ । साथै आफ्नो संस्थाले गरिहेको कामको बारेमा पनि जानकारी गराउनु भएको छ । 

कार्यक्रममा बारबर्दिया नगरपालिका वडा नम्बर ५का जनप्रतिनिधिहरु, वडा तथा टोल बरघरहरु, स्थानीय अगुवा, महिला स्वास्थ्य स्वयमसेविका, युवा, बाल बालिका, महिला जेष्ठ नागरिक, नागरिक समाज लगाएतको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरिएको बिग्रुपकी सुपरभाईजर बिनिता परियारले जानकारी गराउनु भएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार