मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

सत्य नखुलेपछि बेपत्ता चैतेलाल थारुका परिवार अन्ततः मृत्यु संस्कार गर्न बाध्य
सत्य नखुलेपछि बेपत्ता चैतेलाल थारुका परिवार अन्ततः मृत्यु संस्कार गर्न बाध्य

Rato Pen 366+ समाचार ( )
५ मंगशिर २०८२, शनिबार

बारबर्दिया, बर्दिया—
द्वन्द्वकालीन समयमा बेपत्ता भएका बारबर्दिया–११ बेलभारका युवा चैतेलाल थारु (चौधरी) को अवस्था २४ वर्षसम्म पनि नखुलेपछि परिवार अन्ततः मृत्यु संस्कार गर्न बाध्य भएको छ। परिवारमा यस घटनाले पुनः पुराना घाउ चसक्क पारेको छ, विशेषतः उनका भाई भगागीराम चौधरीको मन अझै शान्त हुन सकेको छैन।

भगागीराम स्वयं द्वन्द्वपीडित अभियन्ता, द्वन्द्वपीडित साझा चौतारीका पूर्व अध्यक्ष तथा द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष हुन्। वर्षौंदेखि अरू पीडितहरूको आवाज उठाउँदै न्याय दिलाउन संघर्षरत उनी आफ्नो दाजुको सत्य उजागर नहुँदा सबैभन्दा असहाय अनुभव गरिरहेको बताउँछन्।
“मैले जति अरूका लागि बोलेँ, दाजुको हकमा त्यत्तिकै सुनिनुपर्छ भन्ने अपेक्षा थियो। तर २४ वर्षसम्म पनि राज्यले सत्य उजागर गरिदिएन,” उनी पीडाले भन्छन्।

चैतेलाल थारु २०५८ पुस ५ गते बिहान पत्नी र फुपूका छोरासँग साइकलमा घर फर्किँदै गर्दा सेनाको सर्च अपरेसनमा परेर पक्राउ परेका थिए। प्रत्यक्षदर्शी थुनुवाहरूका अनुसार उनलाई चिसापानी ब्यारेकसम्म लैजाँदा जीवितै देखिएको थियो। तर त्यसपछि उनी कहिल्यै फर्किएनन्। २०–४० राउन्ड गोली चल्ने आवाज सुनिएको बयानहरू आज पनि परिवारका लागि असह्य स्मृति बनेर बसेका छन्।

बर्सौंदेखि परिवार ICRC, राष्ट्रिय मानव अधिकार आयोग, INSECदेखि बेपत्ता छानबिन आयोगसम्म धाइरह्यो। २०७३ मा दर्ता गरिएको उजुरी आजसम्म सुनुवाइमा नपुगेपछि परिवारले ‘सत्य’ को बाटो बन्द भएको महसुस गर्न थालेको थियो। राहतका रूपमा १० लाख रुपैयाँ पाए पनि परिवारका आँखामा राहतभन्दा बढी शून्यता छ—किनकि उनीहरू खोजिरहेकै कुरा ‘सत्य’ हो, पैसा होइन।

चैतेलालका भाई भगागीराम भन्छन्, “देशमा शान्ति प्रक्रियाको १९ वर्ष बितिसक्यो। तर शान्ति प्रक्रियाकै मूल आत्मा—सत्य उजागर गर्ने प्रक्रिया—पूर्ववत् थातै छ। दाजुको अवस्था आधिकारिक रूपमा घोषणा नगरी हामीले काजक्रिया गर्न बाध्य बनाइयो।”
उनका अनुसार परिवारले संस्कार त गरिसक्यो, तर यो ‘अन्त्य’ होइन—सत्यको खोजी अझै पनि जारी छ।

परिवारले बारबर्दिया नगरपालिकाबाट पटक–पटक गरिएको सम्मान स्वीकार गरे पनि राज्य संयन्त्रले बेपत्ता व्यक्तिको अवस्थाबारे ठोस कदम नचालेको आरोप दोहोर्याउँदै आएको छ। उनीहरूका अनुसार, काजक्रिया गर्नु विवशता हो, निश्चय होइन।
“दाजु जीवित फर्किएला भन्ने आशा मर्दैन। तर राज्यले सत्य सार्वजनिक नगरेर हामीलाई अन्त्यहीन प्रतीक्षामा राख्यो,” भगागीरामको स्वर अझै दुःखले भरिएको छ।

बेपत्ता चैतेलाल थारुको मृत्यु संस्कार सम्पन्न हुनु नेपालकै शान्ति प्रक्रियाको एक पुरानो, किनारा नपाएको घाउ पुनः भिँडारिएको प्रतीक बनेको छ—जहाँ न्यायको ढोका अझै बन्दै छ, र सत्यको बाटो अझै खोलिन बाँकी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार